घाँस काट्दै गर्दा भीरबाट लडेर मृत्यु



जाजरकोट । यहाँको छेडागाड नगरपालिका-९ का ५५ वर्षीय रामबहादुर अधिकारीको घाँस काट्दै गर्दा लडेर आज बिहान मृत्यु भएको छ ।

घर नजिकै रहेको कोलैटापुमा घाँस काट्दै गर्दा लडेर मृत्यु भएको मृतकका भाइ दीपक अधिकारीले जानकारी दिए ।

करिव ५० मिटर तल भिरमा खस्दा उहाँको मृत्यु भएको हो । रासस


पुष्प दुलाल