काठमाडौंको मतगणना सुरु हुँदैः रविन्द्र मिश्रदेखि माधव नेपालसम्मका ‘हेवी वेट’ नेताको फैसला



काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत दोस्रो चरणमा हिजो सम्पन्न काठमाडौंको मतगणना सुरु गर्ने तयारी गरिएको छ ।

काठमाडौंको मतगणना बिहान १० बजेदेखि सुरु हुने भनिएपनि आन्त्रिक तयारीमा राजनीतिक दल र निर्वाचन आयोग लागेका कारण केही बेरपछि सुरु गर्ने तयारी गरिएको छ ।

आज विहान बसेको सर्वदलीय बैठकले बिहान १० बजेदेखि मतगणना सुरु गर्ने सहमति भएको थियो । मुख्य निर्वाचन अधिकृत रमेशराज पोखरेलले केही बेरमा मतगणना सुरु हुने जानकारी दिए ।

राष्ट्रिय सभागृहमा काठमाडौंका १, २, ३ र ४ निर्वाचन क्षेत्रको मतगणना हुने छ । त्यसैगरी, निर्वाचन क्षेत्र नं. ५ र ७ को सहकारी विकास विभागको तालिम केन्द्र बानेश्वरमा तथा क्षेत्र नं. ९ र १० को अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा बानेश्वरमा मतगणना हुन्छ ।

निर्वाचन क्षेत्र नं. ६ को जिल्ला समन्वय समिति बबरमहलमा र निर्वाचन क्षेत्र नं. ८ को वनपरिसर बबरमहलमा मतगणना हुनेछ ।

काठमाडौँमा माधवकुमार नेपाल, प्रकाशमान सिंह, गगन थापा, राजन केसी, भीमसेनदास प्रधान, हितमान शाक्य, झक्कु सुवेदीदेखि रविन्द्र मिश्रसम्मको भाग्यको फैसला हुनेछ ।


पुष्प दुलाल