अर्बपति चौधरीले भोट हाले (हेर्नुहोस् ४ तस्बीर)



काठमाडौं । फोर्ब्सको सूचिकरणमा परेका नेपालका एकमात्र डलर अर्बपति बिनोद चौधरीले मतदान गरेका छन् । चौधरीले नवलपरासी जिल्लाको क्षेत्र नं. १ को दिव्य युवा समाज मतदान केन्द्रमा पुगेर मतदान गरे ।

मतदान गरिसकेपछि यो देश हाम्रै पालामा हाम्रै सत्प्रयासले समुन्नत र समृद्ध बन्ने विश्वास व्यक्त गरे । केही समयअघि नेपाली कांग्रेसमा प्रबेश गरेका चौधरीले अब सक्रिय राजनीति गर्ने घोषणा गरिसकेका छन् ।

 


पुष्प दुलाल