२ अंकले घट्यो नेप्से, ५७ करोडको कारोबार



काठमाडौं । नेपाल स्टक एक्सेन्ज (नेप्से) परिसुचक १.९ अंकले घटेको छ । नेप्से १५२४.८७ अंकमा अडेको छ ।

मंगलबार १ सय ६३ कम्पनीका १० लाख ८२ हजार कित्ता सेयर खरिद बिक्री भएका छ । ५७ करोड ७७ लाख ६४ हजार रुपैयाँको कारोबार भएको छ ।

बैंकिङ समूह २.९, होटल समूह १७.५७, विकास बैंक समूह २.८६, जलविद्युत समूह १३.७३, वित्तिय समूह १.३९ र अन्य समूह २.८९ अंकले घटेका छन् ।

ट्रेडिङ समूह ०.०९, बीमा समूह २७.४, उत्पादन मूलक समूह ३.२२, माइक्रोफाइनान्स समूह ६.६१ अंकले बढेका छन् ।

सिर्नजी पावर डेभलपमेन्टका लगानीकर्ताले ५.२० प्रतिशतले कमाएका छन् ।
रिलायन्स फाइनान्सका लगानीकर्ताले ४.४३ प्रतिशतले गुमाएका छन् ।


पुष्प दुलाल