८ क्षेत्रका विज्ञ खोज्दै नेप्से



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले ८ वटा फरक क्षेत्रका विज्ञ खोजेको छ ।

नेप्सेले जारी गरेको सूचनामा ८ फरक फरक क्षेत्रका विज्ञलाई सूचिकरण हुनको लागि आह्वान गरेको छ ।

नेप्सेले खोजेको विज्ञमा पुँजी बजार विश्लेषक,व्यवसायिक र कर्पोरेट कानूनको विज्ञ,कर्पोरेट फाइनान्स विज्ञ, जनसंसाधन विज्ञ रहेका छन् ।

यस्तै प्रोडक्ट डेभलपमेन्ट विज्ञ,द्वन्द्व व्यवस्थापन विज्ञ,कमोडिटि र डेरिभेटिव बजार विज्ञ र प्रोक्युमेन्ट विज्ञ रहेका छन् ।

नेप्सेले ८ वटा क्षेत्रमा रहेका विज्ञलाई सूचिकरण गर्न आह्वान गरेको हो । सल्लाह र सुझावको लागि नेप्सेले विज्ञलाई सूचिकरण गराउन लागेको हो ।


क्लिकमान्डु