बहुराष्ट्रिय प्राइस वाटरले सक्यो १४ बीमा कम्पनीको अध्ययन, सुशासन मुख्य समस्या




काठमाडौं । बहुराष्ट्रिय अडिट कम्पनी प्राइस वाटर कोअपर्स (पीडब्लुसी) ले नेपालका १४ बीमा कम्पनीको वित्तीय अबस्थाको अध्ययन सकेको छ । बेलायती सहयोग नियोग डिएफआइडीको प्राविधिक सहयोगमा यस्तो अध्ययन गरिएको हो ।

पीडब्लुसीले बीमा १० कम्पनीको अध्ययन सकाएर बीमा समितिलाई प्रतिबेदन बुझाएको बीमा समितिका निर्देशक राजुरमण पौडेलले बताए ।  यस्तै ४ कम्पनीको अध्ययन भइसकेको र समितिलाई प्रारम्भिक प्रतिबेदन बुझाइएको छ ।

पौडेलका अनुसार अन्तिम प्रतिबेदन बुझाइएका १० बीमा कम्पनीहरुमा ५ जीबन र ५ निर्जीबन बीमा कम्पनी छन् ।

यस्तै ४ बीमा कम्पनीको प्रारम्भिक प्रतिबेदन पनि समितिमा बुझाइसकिएको छ । यी ४ कम्पनीमध्ये ३ वटा निर्जीबन र एउटा जीबन बीमा कम्पनी छन् ।

प्रारम्भिक प्रतिबेदन बुझाइएका ४ बीमा कम्पनीको पनि यही डिसेम्बर महिनाभित्रमा अन्तिम प्रतिबेदन बुझाइ सकिने पौडेलले  जानकारी दिए । पीडब्लुसीले नेपाली बीमा क्षेत्रको ६५ प्रतिशत सम्पत्तिको अबस्थाको बारेमा अध्ययन गरेर प्रतिबेदन बुझाउने तयारी गरेकोमा १४ कम्पनीको प्रतिबेदन बुझाइ सक्दा करिब ७० प्रतिशत सम्पत्तिको अध्ययन सकिने पौडेलले बताए ।

डिएफआइडीले फाइनान्सियल सेक्टर स्ट्याविलिटी प्रोग्राम अन्तरगत गरेको प्राविधिक सहयोगमा बीमा क्षेत्रको यस्तो अध्ययन भएको हो । यो प्रोग्राम अन्तरगत बीमा, बैंकिङ, निक्षेप तथा कर्जा सुरक्षण र सहकारी संस्थाहरुको अबस्थाको बारेमा अध्ययन गरी समस्या समाधानको पहल हुन्छ ।

यस्तो अध्ययनपछि बीमा कम्पनीहरुलाई अन्तराष्ट्रिय मापदण्ड अनुसार जोखिममा आधारित नियमन गर्ने विधि लागू गर्ने तयारी बीमा समितिको छ ।

पीडब्लुसीले १० कम्पनीको अन्तिम र ४ कम्पनीको प्रारम्भिक प्रतिबेदन बुझाएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

अन्तिम प्रतिबेदन बुझाइएका कम्पनीहरुमा देखिएका कैफियतका बारेमा सम्बन्धित कम्पनीसँग जवाफ माग गर्ने कार्य भैरहेको पौडेलको भनाइ छ ।

प्रतिबेदनले विशेष गरेर संस्थागत सुशासनमा समस्या रहेको देखाएको पौडेलले जानकारी दिए । समितिले बीमा क्षेत्रमा सल्भेन्सी २ लागू गर्ने तयारी गरेको छ । यसको आधार तयार पार्ने क्रममा यस्तो अध्ययन भएको हो ।


क्लिकमान्डु