समाजबादले कंगाल बनेको भेनेजुएला बिटक्वाइन बेचेर धनी बन्ने




काठमाडौं । समाजबादी साशन व्यवस्थाका कारण कंगाल बनेको भेनेजुएलाले क्रिप्टो करेन्सी अर्थात् बिटक्वाइन उत्पादन गरेर धनी बन्ने सपना बोकेको छ ।

भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले बिटक्वाइन उत्पादन तथा बिक्री गरेर देशलाई धनी बनाउने घोषणा गरेका छन् । बिपक्षी पार्टीले भने राष्ट्रपतिको यो घोषणाप्रति आपत्ति जनाएको छ ।

पालमा पनि बैदेशिक रोजगारी बन्द हुने र बिदेशी लगानी नआउने हो भने सामाजिक सुरक्षामा खर्च बढ्दै गएर राजस्वका स्रोत सुक्दै देशको अर्थतन्त्र भेनेजुएला जस्तै हुने खतरा देखिन्छ ।

बिपक्षीको सहमति बिना राष्ट्रपतिले संसदबाट यस्तो प्रस्ताब गराउन सक्ने अवस्था देखिँदैन । किनभने सन् २०१५ को डिसेम्बरमा भएको आम निर्वाचनमा विपक्षी दलले संसदमा बहुमत ल्याएपछि भने माधुरोलाई थाल खाँउ कि भात खाँउ झैं बनाइदिएका छन् ।

सन् १९९९ देखि २०१३ सम्म करिब १४ वर्ष शासन गरेका ह्यूगो चाभजले उनकै शब्दमा भन्दा भेनेजुएलामा समुन्नत समाजवाद स्थापना गरेका थिए ।

तर चाभेजको निधनपछि सत्तामा आएका माधुरोको असक्षमताका कारण भेनेजुएला ठूलो आर्थिक संकटमा फसेको छ ।

समाजबादी व्यवस्थाका कारण जथाभावी पैसा बाँडियो । सत्तापक्षले राज्यको ढुकुटीको कन्जुस्याईं गरेन । त्यतिमात्रै होइन, जतात्यतै भ्रष्टाचार व्याप्त भयो । जसकारण अहिले भेनेजुएलाको विदेशीसँग लिएको ऋण १४ हजार करोड अमेरिकी डलर पुगेको छ ।

विपक्षी पार्टीका सांसदसमेत रहेका एक अर्थशास्त्री एञ्जेल अलवाराडो भन्छन्– मादुरोको ब्यवहार अजिबको छ, जसकारण उनलाई कसैले विशवास गर्दैनन् ।’

सरकारले दमनको नीति अंगाले पछि अमेरिका र युरोपेली देशहरुले भेनेजुएलामाथि नाकाबन्दी लगाएका छन् । जसकारण भेनेजुएलाको तेल बिकेन । र, अर्थतन्त्र नै संकटमा पर्यो ।

तर माधुरोले पनि राज्यको स्रोत आफ्नो शक्ति बढाउनमा खर्च गरिरहेकै छन् । उनले राज्यका हरेक अंगमा आफ्नो नियन्त्रण जमाएपनि विपक्षीले अर्थतन्त्रमा भइरहेको गिरावटलाई बहाना बनाएर आन्दोलनको शंखनाद गरिरहेका छन् । जुन उनको सत्ताको लागि खतराको अर्को संकेत पनि हो ।

बोलिभारियन समाजवादको नाममा भेनेजुयला अगाडि बढीरहेको छ । राष्ट्रपति माधुरोलाई विपक्षीहरुले विधिको शासन र प्रजातन्त्रको हत्या गरेको आरोप लगाएका छन् । त्यहाँको केन्द्रीय बैंकले गत वर्ष १८.६ प्रतिशतले अर्थतन्त्र ओरालो लागेको जनाएको थियो भने मूल्यवृद्धिको दर ८०० प्रतिशतले वृद्धि भएको उल्लेख गरेको थियो ।

आइएमएफले समेत भेनेजुएलाको अर्थतन्त्र खराब भन्दा खराब अवस्थामा पुगेको जनाएको छ । अन्तर्राष्ट्रिय आर्थिक पत्रिका दि इकोनोमिस्टकाअनुसार उपभोक्ता मूल्य वृद्धि गत वर्षको तुलनामा दुई हजार २०० प्रतिशतले बढेको छ । ग्रीसमा देखिएजस्तै आर्थिक संकटमा फसेको छ भेनेजुयला ।

बजारमा १०० बोलिभार पाउन छाडिएको छ । उक्त नोटको मूल्य तीन सेन्टको हाराहारीमा मात्रै हुने गरेको थियो । सरकाले कम परिमाणको नोट विस्तारै हटाएर २० हजार बोलिभार मात्रै प्रचलनमा ल्याएको छ ।

भेनेजुयलाको मुद्रामा आएको उच्च गिरावाटले मानिसहरु दैनिक सामान खरिदका लागि समेत घन्टौ लाम लाग्नुपर्ने अवस्था आएको छ । पाउरोटी पसल तथा बेकरी पसल बाहिर लामा(लामा लाइन देख्न सकिने इकोनोमिस्टले जनाएको छ ।

बजारमा दैनिक खाद्य सामग्री पाइएको छैन । नागकिरलाई सरकारले उचित मात्रामा खाद्यान्न उपलब्ध गराउन सकेको छैन । बोलिभारमा आएको गिरावटका कारण नागरिकलाई परेको समस्या समाधान गर्नए सरकारले कुनै कदम नचालेको भन्दै आक्रोश समेत चुलिएको छ । त्यसको पछाडि अर्थतन्त्रमा रहेको सिमित स्रोत नै प्रमुख कारण हो । उक्त देश तेल निर्यातक हो ।

गत तीन वर्षदेखि तेलको मूल्यमा आएको उच्च गिरावाटका कारण समस्या थपिदै गयो । तेलको मूल्य घटेपछि अर्थतन्त्रको आकारमा समेत गिरावट आउन थाल्यो । अमेरिकाले तेल खरिद बन्द जस्तै गर्यो ।

चुनाबपछि बाम गठबन्धन सबैभन्दा ठूलो पार्टी बन्ने देखिन्छ । गठबन्धनका शीर्ष नेताहरुले समाजबादी व्यवस्था लागू गर्ने बताउँदै आएका छन् ।

देशभित्रै आयस्रोतको विविधिकरणमा ध्यान नदिई लोकप्रियताका लागि रकम बाँड्ने नीति अंगाल्ने खतरा भएको खुला बजार नीतिको पक्षमा वकालत गर्ने अर्थशास्त्रीहरुको आरोप छ । यस्तो अवस्थामा, नेपालमा पनि बैदेशिक रोजगारी बन्द हुने हो भने देशको अर्थतन्त्र भेनेजुएला जस्तै हुने खतरा देखिन्छ ।


पुष्प दुलाल