लोकश २०१८ को विषयवस्तु सार्वजनिक, प्रदर्शनी माघ १९देखि सुरु



काठमाडौं । पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थीले ‘लोकश २०१८’ को विषयवस्तु सार्वजनिक गरेका छन् । शुक्रबार एक कार्यक्रमकाबीच विद्यार्थीहरुले ‘स्मार्ट सिटीः सूचना तथा प्रविधि’ शीर्षकको विषयवस्तु सार्वजनिक गरेका हुन् ।

प्रदर्शनी माघ १९देखि २१ गतेसम्म पुल्चोक इन्जिनियरिङ क्याम्पसमा आयोजना हुनेछ । यस बर्षको प्रदर्शनी स्मार्ट सिटीमा आवश्यक आधारभूत वस्तु सूचना तथा प्रविधिको विषयमा केन्द्रीत हुने आयोजकको दाबी छ ।

प्रदर्शनीमा द्रोन प्रतिस्पर्धा, रोबट फाइट, कोट जाम, कोट क्याम्प, फोटोग्राफी, हाजिरी जवाफलगायतका प्रतियोगिता हुनेछ ।


पुष्प दुलाल