टाटा नानो बन्यो नियो, यही महिना विश्व बजारमा आउदै, यस्ता छन् बिशेषता



काठमाडौं । निकै नै चर्चामा रहेको टाटाको नानो कार अब इलेक्ट्रिक भर्सनमा आउने भएको छ । टाटा मोटर्सले भारतीय बजारमा ओला क्याबसँग मिलेर नानो इलेक्ट्रिक कार उतार्ने योजना बनाएको हो ।

टाटा मोटर्सले ब्रिटेन स्थित टाटा मोटर्स युरोपियन टेक्निकल सेन्टरसँग मिलेर इलेक्ट्रिक कार टेक्नोलोजीका लागि कार्य गरिरहेको छ । यी कारका कारण हानिकारक प्रदुषण हुँदैन र वातावरण राम्रो हुन्छ । एक पटक फुल चार्ज गरेपछि कारले १५० किलोमिटर भन्दा धेरै कार्य गर्ने कम्पनीको दावी छ ।

यद्यपि नयाँ कार भने टाटा नानोको ब्रान्ड नेममा हुने छैन । यो जयेम नियो ब्रान्डमा हुनेछ । टाटा मोटर्सले इन्जिन र ट्रान्समिसन बाहेकको पूर्ण रुपमा नानो बडी कोयम्बुटरमा अवस्थित जयेम अटोलाई उपलब्ध गराउने छ ।

जयेम अटोले नै इलेक्ट्रिक कारको निर्माण र बजारीकरण गर्नेछ । जयेम अटोलाई इलेक्ट्रिक ड्राइभ सिष्टम चाहिं इलेक्ट्रा इभीले उपलब्ध गराउने छ । जयेम अटो र टाटा मोटर्सले ज्वाइन्ट भेन्चरमा कार्य गरिरहेका छन् ।

निओमा ४८ भोल्टको इलेक्ट्रिक सिष्टम हुनेछ, जसले १७ किलोवाटको पावर प्रदान गर्नेछ । हाललाई ब्यक्तिगत प्रयोजनको लागि यो कार उपलब्ध हुने छैन । पहिलो चरणमा ओलाका लागि ४ सय निओ उपलब्ध गराइने बताइएको छ ।

यो कारलाई ओलाले भारतमा ट्याक्सीको रुपमा प्रयोग गर्नेछ । सम्भवतः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यही महिनाको अन्त्यमा नै पहिलो चरणको कार्यक्रममा सार्वजनिक गर्ने छन् । स्मरणीय छ, टाटा मोटर्सले पहिलो पटक सन् २०१० को जेनेभा मोटर शोमा नानो इलेक्ट्रिक कन्सेप्ट कारको प्रदर्शन गरेको थियो ।


क्लिकमान्डु