‘सानिमा इक्विटी फण्ड’मा आबेदन दिने सोमबार अन्तिम दिन



काठमाडौं । सानिमा क्यापिटको सानिमा म्युचअल फण्ड अन्तर्गत सञ्चालन हुने ‘सानिमा इक्विटी फण्ड’को आबेदन दिने आज अन्तिम दिन आज तोकिएको थियो । आज र आइतबारसमेत सार्वजनिक बिदा परेकाले सोमबारसम्म लाई लम्ब्याइएको छ ।

१ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्री खुल्ला गरेको कम्पनीले इच्छुक लगानीकर्ताले आज बैंकिङ समयसम्म आबेदन दिन सक्ने जनाएको छ ।

क्यापिटलको उक्त इकाइ खरिद गर्न इच्छुक लगानीकर्ताले आस्बाबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरु बाट आवेदन दिन सक्नेछन् ।

इच्छुक लगानीकर्ताले प्रति इकाई १० रुपैयाँका दरले कम्तीमा १०० इकाई अर्थात् एक हजार रुपैयाँ लगानी गर्न सक्नेछन् भने बढीमा २४ लाख इकाईसम्म आवेदन दिन सक्नेछन् ।


क्लिकमान्डु