मंसिर १५देखि आइफोन १० नेपाली बजारमा




काठमाडौं । नेपाली उपभोक्ताहरुले मंसिर १५ गतेदेखि आइफोन १० किन्न पाउने भएका छन् ।

नेपालका लागि एप्पलको आधिकारिक बितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसन प्रालिले आइफोन १० नेपाली बजारमा भित्र्याउने गरेको छ ।

नेपाली बजारमा ६४ जीबी र २५६ जीबी स्टोरेज क्षमताका आइफोन १० बितरकले जनाएको छ । आइफोन १० दुई रंग सिल्भर र स्पेस ग्रे कलर अप्सनमा आउने छन् ।

एप्पलका उत्पादनहरुमा वारेन्टीका लागि ग्राहकले आधिकारिक बिक्रेताहरुसँग मात्र खरिद गर्न गर्नुपर्नेछ । साथै, ६ महिनामा एकजना भाग्यशाली बिजेताले लक्की ड्रमार्फत स्कूटर जित्न सक्नेछ । अफरमा सहभागी हुनका लागि, ग्राहकहरुले जेननेक्स्टको वेबसाइटमा आइएमइआइ नम्बर दर्ता गर्नुपर्नेछ ।

कहाँ कहाँ पाइन्छ ?

कम्पनीका अनुसार इभो स्टोर, ओलीज, फ्यूचर वल्र्ड, आइस्टोर (राइजिङ मल) क्वालिटी कम्प्यूटर (बिर्तामोड), कम्प्यूटर सेल्स सेन्टर (बुटवल), आरपीएल ग्रुप (बिर्तामोड), न्यू एटुजेट मोवाइल हाउस (नारायणगढ) मा किन्न पाइने छ ।


पुष्प दुलाल