सबैभन्दा बढी सेयर मुल्य रहेको युनिलिभिरको नेतृत्व समाल्न आए आशीष राय



काठमाडौं । नेपालको सेयर बजारमा सबैभन्दा बढी सेयर मुल्य रहेको युनिलिभिर नेपाल लिमिटेडको प्रवन्ध निर्देशकको पद समाल्न भारतबाट आशीष राय आएका छन् ।

युनिलिभरले स्टक एक्सचेन्जलाई दिएको जानकारी अनुसार राय गत मंगलबारदेखि लागु हुने गरी प्रवन्ध निर्देशक पदमा नियुक्त भएका हुन् ।

युनिलिभर नेपाल लिमिटेडमा हिन्दुस्तान युनिलिभिरको ८० प्रतिशत सेयर छ । बाँकी २० प्रतिशत सेयर नेपाली लगानीकर्ता छ । नेपाली लगानीकर्तामा रविभक्त श्रेष्ठको रहेको छ ।

राय युनिलिभरको दक्षिण एशिया हेर्ने महाप्रवन्धक थिए ।

युनिलिभरको सेयर मुल्य प्रतिकित्ता २८ हजार ७ सय रुपैयाँ रहेको छ ।


क्लिकमान्डु