रविन्द्र मिश्रलाई केपी ओलीको प्रहार: रेडियोमा समाचार पढेजस्तो सजिलो छैन राजनीति



काठमाडौं । नेकपा एमालेका नेता केपी शर्मा ओलीले साझा बिबेकशील पार्टीका नेता तथा काठमाडौं क्षेत्र नं. १ का सांसदका उम्मेद्वार रविन्द्र मिश्रप्रति कडा ब्यङ्ग्य प्रहार गरेका छन् ।

बाम गठबन्धनका उम्मेद्वार अनिल शर्मालाई भोट माग्ने उद्देश्यले मंगलबार बानेश्वरमा आयोजित सभामा ओलीले बीबीसी नेपाली सेवाका पूर्वपत्रका मिश्रलाई राजनीति रेडियोमा समाचार पढेजस्तो सजिलो नभएको चेतावनी दिए ।

मिश्रको नाम नलिई ओलीले भने,‘रेडियोमा समाचार भने जस्तो होइन । लेखेको समाचार त खरर पढ्दा हुन्छ, राजनीतिमा त नदेखेका कुरा पनि लेख्नुपर्छ, देख्नुपर्छ ।’

ओलीले कोही भाइबहिनीहरु जागिर नै छाडेर राजनीतिमा आएको भन्दै उनीहरुको प्रबेसलाई खेलाडीहरु मैदानमा खेलिरहेका बेला छेउपट्टि केटाकेटीहरुले सिकिरहेको जस्तै भने ।

‘मेस्सीले खेल्दै गरेको ठाउँमा खै खै भकुण्डो कस्तो हुँदोरहेछ, म पनि हानी हेर्छु भनेर आएका खेलाडीको काम छैन,’ ओलीले भने ।


क्लिकमाण्डू