नेप्से परिसूचक १० अंकले बढ्यो,५७ करोड रुपैयाँको कारोबार



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक १०.१२ अंकले बढेको छ ।

पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भएको दिन बढेको नेप्से परिसूचक अर्को दिन सोमबार घटेको थियो । आज मंगलबार सेयर बजारमा हरियाली देखिएको हो ।

मंगलबारको कारोबारबाट नेप्से परिसूचक १५२३.८६ बिन्दुमा पुगेको छ ।

नेप्सेमा आज १६३ कम्पनीको ५७ करोड रुपैयाँको सेयर कारोबार भएको छ । ९ लाख ९९ हजार कित्ता सेयर किनबेच भएको नेप्सेमा समुहगत परिसूचकमा बीमा र उत्पादन समुह ओरालो लागेको छ ।

नेप्सेमा आज सबैभन्दा बढी चिलिमेको ४ करोड २३ लाख रुपैयाँको कारोबार भएको छ ।

यस्तै  बुटवल पावर कम्पनीको ३ करोड ८६ लाख रुपैयाँको कारोबार भएको छ ।

यस्तै सबैभन्दा बढी कमाउने लगानीकर्तामा मिसन डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् । मिसनले २० रुपैयाँ प्रतिकित्ताको दरले कमाएका छन् ।


क्लिकमान्डु