सरकारी कर्मचारीलाई ‘गोल्डेन ह्याण्डसेक’ दिन ५० अर्ब खर्च हुने



काठमाडौं । स्वेच्छिक अवकासमा जाने सरकारी कर्मचारीलाई ‘गोल्डेन ह्याण्डसेक’ मार्फत बिदा गर्दा ५० अर्ब रुपैयाँ खर्च हुने देखिएको छ । संघीय संरचना अनुसार कर्मचारी समायोज गर्न सरकारले स्वेच्छिक अवकास लिन पाउने नीति पनि अबलम्बन गरेको छ ।

२० हजार कर्मचारीहरु समायोजनमा नगई अबकास रोज्ने प्रारम्भिक अध्ययनले देखाएको सामान्य प्रशासन मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

२० हजार कर्मचारीलाई गोल्डेन ह्यान्सचेकमार्फत बिदा गर्नु पर्दा ५० अर्ब रुपैयाँको हाराहारीमा खर्च हुने देखिएको अर्थ मन्त्रालयको बजेट महाशाखा प्रमुख केवलकृष्ण भण्डारीले जानकारी दिए । एक कर्मचारीले औषतमा २७ लाख रुपैयाँ एकमुष्ट लिएर अवकास लिने देखिएको छ ।

केही समयअघि संसदले कर्मचारी समायोजनसम्बन्धी ऐन-२०७४ पारित गरेको थियो । ऐनमा कर्मचारीले अवकाश लिँदा खाइपाइ आएको सुविधामा ७ वर्षको एकमुष्ट पेन्सन पाउने उल्लेख छ ।

कर्मचारी समायोजन ऐनले स्थानीय तह,प्रदेश र केन्द्रमा कर्मचारी समायोजन अगाडि स्वेछिक अवकास दिने व्यवस्था गरेको छ । जस अनुसार अवकासमा जाने कर्मचारीले ७ वर्षको पेन्सन एकमुस्ट पाउने भएका हुन् ।

५० वर्ष पुरा भएका र २० वर्ष सेवा अवधी पुरा गरेका निजामती कर्मचारीले स्वेछिक अवकास लिन पाउने ऐन व्यवस्था छ ।

पेन्सन, स्वेच्छिक अवकाश लिँदाको तह र ग्रेडअनुसारको कायम गरिएकोले गोल्डेन ह्यान्सचेकमा कर्मचारीहरुको आकर्षण हुने अनुमान गरिएको छ ।

संविधान अनुसार मुलुकमा संघीयतामा कार्यान्वयनसँगै कर्मचारी समायोजन र व्यवस्थापन गर्न सकारलाई ठूलो आर्थिक भार पर्ने देखिएको हो ।


पुष्प दुलाल