आजदेखि सानिमाको १ अर्ब २० करोडको सामुहिक लगानी कोष बिक्री खुल्ला



काठमाडौं । सानिमा बैंक कोष प्रबर्द्धक रहेको सानिमा क्यापिटलले १ अर्ब २० करोड रुपैयाँको इकाइ निस्कासन आजदेखि सुरु भएको छ ।

कम्पनीले प्रति इकाय १० रुपैयाँको दरले १२ करोड इकाइ बिक्री गर्न लागेको हो ।

७ वर्षे योजनामा १५ प्रतिशत इकाइ सानिमा बैंक र सानिमा क्यापिटलले किन्ने छन् । बाँकी इकाइ मंसिर १५ सम्म सर्वसाधारणलाई बिक्री खुल्ला गरिएको हो ।
आवेदन आस्वा प्रणाली मार्फत दिन सकिने छ ।

आवेदन न्यूनतम १०० इकाइ १ हजार रुपैयाँ देखि बढीमा २ करोडसम्म गर्न सकिने छ ।


क्लिकमान्डु