फोरजी सेवा सञ्चालन गर्न पाएपछि एनसेलको कमाई मालामाल



काठमाडौं । फोरजी सेवा सञ्चालन गर्न पाएपछि मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको नाफा उल्लेख्य बढेको छ । एनसेलले डाटाबाट आर्जन गर्ने आम्दानीमा १७.२ प्रतिशतले बढेको छ । कम्पनीको डाटा बाट हुने यस्तो आम्दानी वार्षिक हो ।

एनसेलले वार्षिक डाटाबाट गर्ने आम्दानी कम्पनीको कुल आम्दानीको १८.३ प्रतिशत भएको छ । कम्पनीले मुलुकका प्रमुख १९ ओटा शहरहरुमा फोरजी बिस्तार गरेपछि डाटाको प्रयोगमा ह्वात्तै वृद्धि भएको हो ।

कम्पनीको वार्षिक नाफामा ७.२ प्रतिशतको वृद्धि भएको छ भने अर्निङ्ग बिफोर इन्टरेस्ट, ट्याक्स डिप्रिसिएसन एण्ड अमोर्टाइजेसन अर्थात कुल नाफामा १८.८ प्रतिशतको वृद्धि देखिएको छ । त्यसैगरि लागतको आधारमा हेर्दा कुल नाफाको मार्जिनमा ५.१ प्रतिशतको वृद्धि भएको छ ।

एनसेलको मातृ कम्पनी आजिआटा समूहको आम्दानी सन् २०१७ को पहिलो ९ महिनामा १५ प्रतिशतले वृद्धि हुँदै १८.१ बिलियन मलेशियन रिंगिट पुगेको अन्तराष्ट्रिय टेलिकम समाचार संस्था टेलीकमपेपरले जनाएको छ । यसअघि सन् २०१६ मा यस्तो आम्दानी १५.८ विलियन मलेशियन रिंगिट रहेको थियो ।

समूहको मुख्य आम्दानीको आधार डाटा देखिएको छ । कम्पनीको आम्दानीमध्ये ४४ प्रतिशत आम्दानी डाटाबाट भएको छ । अघिल्लो वर्ष मुख्य आम्दानीको स्रोतमा डाटाको योगदान ३३ प्रतिशत मात्र थियो ।

समूहले अर्निङ्ग बिफोर इन्टरेस्ट, ट्याक्स डिप्रिसिएसन एण्ड अमोर्टाइजेसनमा १४.५ प्रतिशतको वृद्धि भएको जनाएको छ जून ६.९ विलियन मलेशिय रिंगिट हुन्छ । त्यसैगरी करकट्टि पछिको आयमा १४.१ प्रतिशतको वृद्धि हुँदै १.१ मलेशियन रिंगिट पुग्नेछ जसमा अर्निङ्ग बिफोर इन्टरेस्ट, ट्याक्स डिप्रिसिएसन एण्ड अमोर्टाइजेसनमा भएको सुधार तथा विदेशी विनिमय मुद्राको फाईदा समावेश रहेको छ ।

आजिआटा समूहको चौमासिक आम्दानीमा २.४ प्रतिशतको वृद्धि हुँदै ६.२ मलेशियन रिंगिट पुगेको थियो भने अर्निङ्ग बिफोर इन्टरेस्ट, ट्याक्स डिप्रिसिएसन एण्ड अमोर्टाइजेसन ८.९ प्रतिशत बढेर २.५ विलियन मलेशियन रिंगिट भएको थियो । जबकी करपछिको नाफामा ३३.४ प्रतिशतको गिरावट हुँदै ३१९.१ मिलियन मलेशियन रिंगिट भएको थियो ।

आजिआटा समूहको दक्षिण एशियाली क्षेत्रको लगानीमा मोबाइलमा १०.७ प्रतिशत, फिक्स्ड टिभि अपरेसनमा ३४.६ प्रतिशत तथा पे टिभी अपरेसनमा १.२ प्रतिशतको वृद्धि भएको छ । समग्र आम्दानीमा भने डाटा क्षेत्रबाट आउने ससक्त आम्दानीका कारण ८.५ प्रतिशतको वृद्धि भएको देखिएको छ । डाटाको वृद्धि हुनुमा उच्च डाटा प्रयोगकर्ताहरु र डाटाको अधिक प्रयोग मुख्य कारण छन् ।

अर्निङ्ग बिफोर इन्टरेस्ट, ट्याक्स डिप्रिसिएसन एण्ड अमोर्टाइजेसन अघिल्लो चौमासिकको आधारमा हेर्दा यस चौमासिकमा १५.६ प्रतिशतले वृद्धि भएको देखिएको छ ।

आजिआटा समूहको मलेशियन अपरेटर, इण्डोनेशियन अपरेटर, कम्बोडियाको अपरेटर, बंगलादेशी अपरेटरले पनि नाफामा वृद्धि गरेको देखिएको छ ।


पुष्प दुलाल