चुनावी रौनकमा नेप्से परिसूचक झिनो अंकले घट्यो



काठमाडौं । पहिलो चरणको निर्वाचन सकिएको भोलि पल्ट सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.६० अंकले घटेको छ । नेप्से ०.०४ प्रतिशतले घट्दा १५१३ .७४ विन्दुमा पुगेको हो ।

नेप्सेले जनाएअनुसार आज १ सय ५९ कम्पनीका १२ लाख ९८ हजार २ सय ९८ कित्ता सेयर खरिद बिक्रि भएको छ । समग्र नेप्सेमा ६६ करोड ९८ लाख ९४ हजार २ सय १२ रुपैयाँको कारोबार भएको छ ।

जलविद्युत, वित्तिय र अन्य समूह बाहेक बैंकिङ समूह १.०३, विकाश बैंक समूह ४.९७, बीमा समूह ३२.५३, माइक्रो फाइनान्स २.७९, होटल समूह ३५.२३ र ट्रडिङ समूह ३.१३ अंकले घटेका छन् ।

त्यस्तै जलविद्युत समूह २४.१, वित्तिय समूह ३.६६ र अन्य समूह ४.६३ अंकले बढेका छन् । कैलाली माइक्रो क्रेडिट् डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९.१४ प्रतिशतले कमाइ गरेका छन् । राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले ६.३ प्रतिशतले गुमाएका छन् ।


क्लिकमान्डु