बाजुरामा घाइते भएका धामीलाई उपचारका लागि हेलिकप्टरबाट धनगढी ल्याइयो



बाजुरा । बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिका वडा नम्बर ८ गोठीमा आईतबार एमाले कार्यकर्ताबाट काँग्रेस कार्यकर्तामाथि ढुंगामुढा र खुकुरी प्रहार गरिएको छ ।

खुकुरी प्रहारबाट काँग्रेसका दानबहादुर धामी र फकिर धामी गम्भीर घाइते भएका छन् ।

घाइते दुवै जनालाई सेनाको हेलिकोप्टरबाट उपचारका लागि धनगढी ल्याइएको छ । उनीहरुको धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।


पुष्प दुलाल