चुनावको कारण सेयर बजारमा हरियाली



काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई सेयर बजारले ग्रिनसिग्नल दिएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचन हुने दिन आइतबार नेप्से परिसूचक २१.०५ प्रतिशतले बढेर १५१४.३४ बिन्दुमा पुगेको छ ।

चुनावको दिन समूहगत परिसूचकका आधारमा व्यापार बाहेक सबै समूहमा हरियाली छाएको छ ।

सेयर बजारमा १५५ कम्पनीको ५९ करोड रुपैयाँको कारोबार भएको छ । सबैभन्दा बढी स्टाण्र्डर्ट चार्टर्ड बैंकको ६ करोड ८६ लाख रुपैयाँको कारोबार भएको छ ।

निर्वाचनको माहोललाई सेयर बजारका लगानीकर्ताले राम्रोसँग नै स्वागत गरेको देखिएको छ । खासगरी बजार खुल्नासाथ सेयर बजार बढेको थियो ।

सेयर बजारमा हरियाली छाएपनि बिक्री गर्न चाहनेको संख्या अझैपनि बढी रहेको देखिन्छ ।


क्लिकमान्डु