जहाँ महिला नै महिलाले शान्तिपूर्ण चुनाब गराए



पाँचथर । एउटा यस्तो निर्वाचन केन्द्र, जहाँ महिला नै महिलाले निर्वाचन गराइरहेका छन् । पाँचथरको फिदिम नगरपालिका वडा नं. ३ को निर्वाचन केन्द्रमा महिलाहरुले निर्वाचन गराएका हुन् ।

उक्त केन्द्रमा खटिएका सबै प्रहरी तथा सुरक्षाकर्मी महिला छन् । त्यहाँ पुरुष कर्मचारी र पुरुष सुरक्षाकर्मीविनै शान्तिपूर्णरुपमा मतदान भइरहेको छ ।

१ सय मतदान स्थल र १६५ मतदान केन्द्र रहेको पाँचथर जिल्लामा उक्त मतदान स्थलमा मात्रै महिला कर्मचारी खटाइएको हो ।

ती मतदान केन्द्रहरुमा महिला विकास अधिकृत निर्मला दाहाल र शिक्षक दयादेवी रिजाललाई मतदान अधिकृतका रुपमा खटाइएको छ ।

जिल्लामा रहेका मतदान केन्द्रमा खटिएका मतदान अधिकृतमध्ये ५ जना महिला मतदान अधिकृत छन् ।


पुष्प दुलाल