सिभिल बैंक स्थापनाकोे ७ वर्षमा प्रवेश



काठमाडौं । सिभिल बैंक स्थापनाको ७ वर्षमा प्रवेश गरेको छ । बैंकले आफ्नो वार्षिकउत्सव विभिन्न कार्यक्रम गरेर गर्ने जनाएको छ ।

बैंकको वार्षिकोत्सवको दिन बृद्धाश्रममा कम्वल वितरणका साथै महिनाब्यापी रुपमा देशका विभिन्न स्थानहरुमा वित्तिय साक्षरता प्रदान गर्ने कार्यक्रमहरु आयोजना गर्ने , देशका विभिन्न स्थानहरुबाट जेहेन्दार गरिब विद्यार्थीहरुको छनौट गरी छात्रवृत्ति तथा रक्तदान कार्यक्रमहरुको पनि आयोजना गर्ने भएको छ ।

चालु आर्थिक वर्षको प्रथम चौमासमा ११ करोड ३३ लाख नाफा गरेको छ ।
बैंकले ४० प्रतिशत हकप्रद सेयर आह्वान गरेको छ ।

चालु आर्थिक वर्षको नाफा तथा हकप्रद सेयर जारी भएपछि बैंकको चुक्ता पुँजी ८ अर्ब पुग्ने छ ।


क्लिकमान्डु