योगेश भट्टराई गाउँ हाङपाङको निर्वाचन केन्द्रमूनि गाडेर राखेको बम भेटियो !



काठमाडौं । ताप्लेजुङको हाङपाङस्थित निर्वाचन क्षेत्रमा निर्वाचन केन्द्रमूनि प्रेसर कुकर बम गाडेर राखिएको अवस्थामा फेला परेको छ । प्रेसर कुकर बम फेला परेपछि मतदाता आतंकित भएका छन् ।

बम भेटिएपछि अहिलेसम्म पनि त्यहाँ निर्वाचन सुचारु हुन सकेको छैन ।

अहिले नेपाली सेनाको टोलीले बम निस्क्रीय पारिरहेको छ । बम निष्क्रीय पारिएपछि मतदान सुचारु हुने निर्वाचन अधिकृतले जनाएका छन् ।

ताप्लेजुङमा एमालेसचिव समेत रहेका योगेश भट्टराई बाम गठबन्धनका तर्फबाट उम्मेद्वार छन् ।


पुष्प दुलाल