मतदान भइरहेको बाजुरामा गोली चल्यो



बाजुरा । मतदान भइरहेको अवस्थामा बाजुरामा गोली चलेको छ । बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका वडा नं. ८ को त्रिस्टल स्कुलमा भएको मतदान केन्द्रमा मतदान भइरहेको अवस्थामा गोली चलेको हो ।

प्रहरीले हवाइ फायर गरेपछि आधाघन्टा स्थिति तनाबग्रस्त बनेको थियो । अहिले मतदान पुिन सुचारु भएको निर्वाचन अधिकृतले जनाएका छन् । अहिले स्थिति सामान्य छ ।

मतदान गर्ने लाइन लाग्ने क्रममा मदिरा सेवन गरेका व्यक्ति प्रवेस गरेपछि विवाद उत्पादन भएको थियो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ५/६ राउन्ड हवाइ फायर गरेको थियो ।


पुष्प दुलाल