गोर्खामा बाबुराम र नारायणकाजी दुबैले भोट हाले, कस्ले जित्ला ?



काठमाडौं । प्रतिनिधि सभाको पहिलो चरणको निर्वाचनमा गोर्खा क्षेत्र नं. २ का उम्मेद्वार डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले मतदान गरेका छन् ।

नयाँ शक्तिका संयोजक बाबुराम कांग्रेसको लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार हुन् भने माओवादी नेता नारायणकाजी एमालेसहितको बाम गठबन्धनका उम्मेद्वार हुन् ।

बाबुरामले आँखा र नारायणकाजीले हँसिया हथौडा चिन्हमा भोट हालेका हुन् । उनीहरु दुबैजनाले भोटिङ सुरु भएको केही समयमै आआफ्नो निर्वाचन केन्द्रमा गएर मत खसालेका हुन् ।

उनीहरुबीच तीब्र प्रतिस्पर्धा हुने आंकलन गरिएको छ । गठबन्धनका हिसाबले नारायण्काजी केही सय मतले अघि देखिए पनि खोर्गाको विकास र राजनीतिमा बाबुरामको योगदान कम छैन ।


पुष्प दुलाल