१ करोडको लगानीमा भैरवस्थानमा भैरव भिलेज सञ्चालनमा



पाल्पा । रिब्दीकोट गाउँपालिका–४, भैरवस्थानमा भैरव भिलेज सञ्चालनमा आएको छ ।

एक सय २० रोपनी क्षेत्रफलमा सो भिलेज सञ्चालनमा आएको हो । सुविधासम्पन्न होटलको अभावमा भैरव मन्दिरमा पूजा गर्न आएकाहरु तानसेन बास बस्नुपर्ने बाध्यता थियो ।

काठमाडौँका प्रभातजंग कुँवर, बागलुङका प्रज्ज्वल शेरचन र स्थानीय बासिन्दा विदुर केसीले करिब १ करोड लगानीमा सो भिलेज सञ्चालनमा आएको हो ।

उक्त भिलेजमा भुटेको मकै, मकैको पिठो, मकैको ढिँडोलगायत परिकारको स्वाद लिन सकिने सञ्चालक कुँवरले बताए । यहाँ दैनिक ७५ भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् ।रासस


क्लिकमान्डु