माओवादी निर्वाचित वडा अध्यक्ष नै काँग्रेसलाई भोट माग्दै हिँडेपछि…



गोरखा । नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच चुनाबी गठबन्धन छ । यस्तो अवस्थामा एक अर्काका पार्टीका नेताहरु एक अर्काको पार्टीलाई भोट माग्दै हिँडेको हामी सबैले देखिरहेकै छौं ।

तर, गोर्खामा भने अवस्था फरक देखियो । यतिखेर नेकपा माओवादी केन्द्र सुलिकोट गाउँपालिका वडा नं ४ का निर्वाचित वडा अध्यक्ष भीम गुरुङ (कालु)ले नेपाली काँग्रेसका प्रदेश सांसदका प्रकाशचन्द्र दवाडीलाई भोट माग्दै हिँडिरहेको देख्दा मतदाताहरु आश्चर्यमा परेका छन् ।

काँग्रेसको सुलिकोट वडा नं ४ रनचोकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले काँग्रेसको पक्षमा मतदान गर्न सबै नेता तथा कार्यकर्तालाई आग्रहसमेत गरे ।

उगुरुङले काँग्रेसले मात्र गोरखाको विकास गर्ने भन्दै काँग्रेसका युवा नेता दवाडीलाई मतदान गर्न आग्रह गरेका हुन् ।

नेता दवाडीलाई गैरकाँग्रेसले समेत शालिन, भद्र तथा युवा नेताका रुपमा लिन्छन् । उनले त्यस क्षेत्रको विकासका लागि व्यक्तिगत रुपमा धेरै काम गरेका छन् ।


पुष्प दुलाल