निगमले मेघौली र सुकेटार उडान गर्ने, भाडा कति ?



काठमाडौं । नेपाल वायुसेवा निगमले पर्यटकीय गन्तव्य मेघौलीमा मंसीर १३ गतेबाट नियमित उडान सुरु गर्ने भएको छ ।

मेघौली उडान हप्ताको तीन दिन सोमबार, बुधवार र शनिवार अपरान्ह १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने निगमले जनाएको छ ।

४० मिनेटको उडान पछि विमान मेघौली पुग्नेछ । हाललाई मेघौलीका लागि एकतर्फी भाडा ३ हजार १ सय ६५ निर्धारण गरिएको छ ।

यसै गरी ताप्लेजुङ्गको सुकेटारमा पनि निगमले मंसीर १३ देखि आफ्नो नियमित सेवा पुनः प्रारम्भ गर्ने भएको छ ।

सुकेटारका लागि हप्ताको एकदिन बुधबार बिहान ७ बजे काठमाडौबाट उडान गरिनेछ । सुकेटारका लागि एकतर्फी भाडा ५ हजार ४ सय ५ निर्धारण गरिएको छ ।


क्लिकमान्डु