मंसिर २२ देखि सिभिल बैंकको ४० प्रतिशत हकप्रद बिक्री खुल्ला, कहाँबाट दिने आवेदन ?



काठमाडौं । सिभिल बैंकले मंसिर २२ गतेदेखि ४० प्रतिशत हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ । बैंकले बिक्री खुल्ला गरेको हकप्रद सेयर पुस २७ गतेसम्म भर्न पाइनेछ ।

मंसिर ४ गतेसम्म कायम रहेका सेयरधनीले बैंकको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

हकप्रद सेयर बिक्री गरेपछि बैंकको चुक्ता पुँजी ७ अर्ब २५ करोड ९३ लाख १० हजार ३६२ रुपैयाँ पुग्नेछ ।

कहाँबाट दिने आवेदन ?

बैंकले सेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मा लक्ष्मी क्यापिटल लिमिटेडलाई दिएको छ । सेयरधनीहरुले लक्ष्मीको काठमाडौंस्थित नयाँ बानेश्वरबाट आवेदन दिन सक्नेछन् ।

त्यसैगरी, सिभिल क्यापिटल मार्केट सुन्धार, काठमाडौं तथा आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट पनि आवेदन दिन सकिने छ ।


पुष्प दुलाल