चुनावमा रेष्टुराँ व्यवसायः बाहिर गुलजार, काठमाडौं सुनसान




काठमाडौं । आगामी मंसिर १० र २१ गते प्रदेशसभा र प्रतिनिधिसभाको चुनाब हुँदैछ । जसका लागि दलहरु चुनावी मैदानमा होमिएका छन् । देशभर सवै पार्टीका कार्यकर्ताहरु परिचालन भइरहेका छन् ।

विभिन्न समयमा पार्टीका नेताहरुले चुनाव भड्किलो हुदैं गएको भन्दै आलोचना गरे तापनि चुनावको समयमा भने मौन बस्ने गरेका छन् । नेपाल जस्तो मुलुकमा चुनाव जित्नका लागि सवै हतकन्डा अपनाउन समेत नेताहरु पछि पर्दैनन् ।

पछिल्लो समय चुनावका लागि ठूलो संख्यामा मानिसहरु राजधानीबाट बाहिर गएपछि काठमाडौंका रेष्टुराँहरुको कारोबारमा सुस्तता आएको छ । निर्वाचन आयोगले नै चुनाबको लागि साढे १० अर्ब रुपैयाँभन्दा बढी खर्च गर्दैछ । त्यस्तै सेना, प्रहरीमा पनि अर्वौ रुपैयाँ निकास हुदैंछ ।

निर्वाचन आयोगले प्रतिनिधिसभाका उम्मेदवारले २५ लाख रुपैयाँसम्म खर्च गर्ने सिमा तोकेको भएपनि एक उम्मेदवारले कम्तीमा २ करोड रुपैयाँ भन्दा बढी खर्च गर्ने छन् । कुनै उम्मेदवारले खुलेर खर्च बारे नबोल्ने गरे पनि अनौपचारिक कुराकानीमा करोड भन्दा बढी खर्च हुने अनुमान गर्दछन् ।

‘कार्यकर्ताहरु सचेत बन्दै गएको हो वा अन्यत्र रमाएको हो तर रेष्टुराँको व्यवसाय चुनावसंगै घटेको छ,’ जैसवालले भने । चुनावका कारण काठमाडौमा २० देखि ३० प्रतिशतले ग्राहक घटेको उनको बुझाई छ ।

विभिन्न अध्ययनले मदिरा, यातायातमा सवैभन्दा बढी खर्च गर्ने विभिन्न पार्टीका उम्मेदवारहरु गर्ने गरेको देखाउँदै आएको छ । चुनावको खर्च काठमाडौंमा भन्दा राजधानी बाहिर हुने भएकोले काठमाडौंको रेष्टुराँहरुको कारोबार सुस्ताएको रेष्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेबान) का अध्यक्ष प्रमोद जैसवाल बताउँछन् । काठमाडौंमा चुनावी पद्दती परिवर्तन हुर्दै गएकोले पनि रेष्टुराँको व्यवसाय सुस्ताएको जैसवालको भनाइ छ ।

पछिल्लो समय रेष्टुराँमा भन्दा पनि पार्टी प्यालेसहरुमा बढी जमघट गर्ने परम्पराको विकास भएकोले पनि सानो स्पेसमा रेष्टुरेन्टहरुमा कारोबार सुस्ताएको अनुमान छ ।

चुनाबी पद्दति विगतमा भन्दा झनै भड्किलो भएपनि रेष्टुराँको कारोबार भने बढ्न नसकेको बुझाई व्यवसायीको छ ।

‘कार्यकर्ताहरु सचेत बन्दै गएको हो वा अन्यत्र रमाएको हो तर रेष्टुराँको व्यवसाय चुनावसंगै घटेको छ,’ जैसवालले भने । चुनावका कारण काठमाडौमा २० देखि ३० प्रतिशतले ग्राहक घटेको उनको बुझाई छ । उनका अनुसार राजधानी बाहिर पोखरा, चितवन, विरगन्ज, विराटनगर क्षेत्रमा भने चाप बढेको छ । उपत्यका बाहिर गेष्ट हाउस र होटलहरुका ग्राहक बढेको र त्यसको अनुपातमा रेष्टुराँको ब्यवसाय बृद्धि नभएको जैसवाल बताउँछन् ।

नेता कार्यकर्ताको बाक्लो उपस्थितीमा कमी आएपनि केही चिनजानको व्यक्तिकै भरमा व्यापार धानिरहेको छ ।

‘कहिँकतै ठाउँ माग्ने गरेको सुन्छाँै, तर हामी भने त्यस्ता झन्झटबाट मुक्त छौँ’ ठमेलका थर्ड आई रेष्टुरेन्टका सञ्चालक तेजेन्द्रनाथ श्रेष्ठले भने । पछिल्लो समय अराजक घट्नाले यस्ता जमघटमा रम्न कार्यकर्ता खास उत्साहित नभएको हुन सक्ने श्रेष्ठको अनुमान छ ।


क्लिकमान्डु