सुष्मा कोइराला मेमोरियल अस्पताल २० वर्षमा



काठमाडौं । सुष्मा कोइराला मेमोरियल अस्पतालले २० औ बार्षिक उत्सव मनाएको छ ।

विगतमा जर्मनी व्यवस्थापनले हेर्दै आएको उक्त अस्पताल हाल भने नेपाली व्यवस्थापनले हेर्दै आएको छ । मंसिर १ गते शुक्रबार आयोजना गरिएको २० औ बार्षिक उत्सव कार्यक्रममा बोल्दै महिला बालबालिका मन्त्री विक्रम बहादुर थापाले हस्पिटलको सेवाको बारेमा आफ्नो धारणा राखेका थिए ।

ट्रष्टकी अध्यक्ष तथा नेपाली काँग्रेसकी नेर्तृ सुजाता कोइरालाले उक्त कार्यक्रमको अध्यक्षता गरेकी थिइन् भने, नेपाली काँग्रेसका पूर्व सांसद दिपक कुँइकेलको पनि उपस्थिती रहेको थियो ।

शंकरापुर नगरपालीकाका मेयर सुर्वणदास श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो उक्त कार्यक्रममा बोल्ने वक्ताहरुले अस्पतालले स्वास्थ्य क्षेत्रमा दुई दशक देखिको ठूलो योगदान रहेको भन्दै प्रसंसा गरेका थिए ।


क्लिकमान्डु