नेप्से ३ अंकले बढ्यो, ३५ करोडको कारोबार




काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३.०८ अंकले बढेको छ । नेप्से ०.२१ प्रतिशतले बढ्दा १४७२.२४ विन्दुमा पुगेको हो ।

नेप्सेका अनुसार आज १ सय ५९ कम्पनीका ८ लाख ४२ हजार ६ सय ८२ कित्ता सेयर खरिद बिक्रि भएको छ । समग्र नेप्सेमा ३५ करोड ८ लाख १८ हजार २ सय ५१ रुपैयाँको कारोबार भएको छ ।

बिकाश बैंक, वित्तिय, उत्पादनमूलक र अन्य समूहबाहेक बीमा समूह १४.९५, होटल समूह ९.०५, ट्रेडिङ समूह १५.६२, जलविद्युत समूह ६.६५, बैंकिङ सकूह ५.४९ र माइक्रोफाइनान्स समूह ३.२९ अंकले बढेका छन् ।

विकाश बैंक समूह ३.२३, वित्तिय समूह २.२९, उत्पादनमूलक समूह १४.९४ र अन्य समूह ५.५ अंकले घटेका छन् ।

ग्रीन डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९.८४ प्रतिशतले कमाइ गरेका छन् । प्रोगेसिभ फाइनान्स लिमिटेडका लगानीकर्ताले ६.०३ प्रतिशतले गुमाएका छन् ।


पुष्प दुलाल