मेगा बैंकको सेयरः लिस्टिङ भएको १५५० दिनमा ४६८ दिन मात्रै कारोबार




काठमाडौं । मेगा बैंकको सेयर लामो समयमसम्म कारोबार नहुँदा लगानीकर्ता मारमा परेका छन् । सेयरमा लगानी गरेका लगानीकर्ताले आफ्नो सम्पत्ति आफूलाई आवश्यक भएको समयमा विक्री गरेर भोग चलन गर्न पाउने भएपनि सेयर कारोबार नै नहुँदा लगानीकर्ता समस्यामा परेका हुन् ।

मेगा बैंकको सेयर २०७० साल भदौ ४ गते नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुचिकृत भएको थियो । नेप्सेले आफ्नो अर्काइभमा राखेको तथ्यांक अनुसार सुचिकृत भएयता मेगाको सेयर जम्मा ४६८ दिन मात्रै कारोबार भएको छ । जबकि मेगाको सेयर लिष्टिङ भएको १५५० दिन नाघेको छ ।

नेप्सेको तथ्यांक अनुसार सेयर लिस्टिङ भएको आर्थिक बर्ष २०७०/७१ मा १९५ दिन सेयर कारोबार भएको थियो । सो आर्थिक बर्षभरीमा बैंकको २९ लाख ६० हजार २१८ कित्ता सेयर खरिद विक्री भएका थिए ।

सो आर्थिक बर्षमा मेगाको औषत सेयर मूल्य ३२६.८० रुपैयाँ थियो भने न्यूनतम मूल्य प्रतिकित्ता १७० रुपैयाँ कामय भएको थियो । सो आर्थिक बर्षमा मेगाको सेयर प्रतिकित्ता अधिकतम ४८२ रुपैयाँमा कारोबार भएको थियो । सो आर्थिक बर्षमा प्रतिकित्ता ४४९ रुपैयाँमा उसको सेयर कारोबार बन्द भएको थियो ।

बैंक संचालक समितिमा सर्बसाधारण सेयरधनीको तर्फबाट कम प्रतिनिधित्व हुने ब्यवस्थाको कारण सर्बसाधारण लगानीकर्ताले मार खेप्नु परेको मेगा बैंकका संचालक दिपेन्द्र अग्रवाल वताउँछन् ।

लिस्टिङ भएको दोस्रो बर्षदेखि नै मेगाको सेयर कारोबारको दिन घट्न थालेको तथ्यांकले देखाएको छ । आर्थिक बर्ष २०७१/७२ मा मेगाको सेयर १२० दिन मात्रै कारोबार भयो ।

सो आर्थिक बर्षमा मेगाको सेयर प्रतिकित्ता अधिकतम ५०० रुपैयाँमा र न्यूनतम ३१० रुपैयाँमा खरिद विक्री भएका थिए । उसको सेयरको औषत मूल्य प्रतिकित्ता ४१०.८८ रुपैयाँ कायम भएको थियो भने प्रतिकित्ता ३९५ रुपैयाँमा सो आर्थिक बर्षको सेयर कारोबार बन्द भएको थियो ।

आर्थिक बर्ष २०७२/७३ मा त मेगाको सेयर कारोबार बर्षभरीमा जम्मा १ महिना जति मात्रै भयो । नेप्सेका अनुसार सो आर्थिक बर्षमा मेगाको सेयर जम्मा ३४ दिन मात्रै कारोबार भएको थियो ।

कारोबार कम भएपनि सो आर्थिक बर्षमा मेगाको सेयर मूल्य बढेको देखियो । सो आर्थिक बर्षमा उसको सेयर मूल्य प्रतिकित्ता अधिकतम ६१२ र न्यूनतम ३६६ रुपैयाँ पुग्यो । सो आर्थिक बर्षमा उसको औषत सेयर मूल्य प्रतिकित्ता ५३० रुपैयाँ थियो भने प्रतिकित्ता ५६५ रुपैयाँमा कारोबार बन्द भएको थियो ।

गत आर्थिक बर्ष (२०७३/७४) मा बैंकको सेयर ११९ दिन मात्रै खरिद विक्री भयो । नेप्सेले दिएको जानकारी अनुसार गत आर्थिक बर्षको असार र जेठमा १/१ दिन मात्रै कारोबार भयो । जेठ, चैत र फागुनमा कारोबारै भएन । माघमा ५ दिन, पुसमा १९ दिन, मंसिरमा २१ दिन, कात्तिकमा १७ दिन र असोजमा १५ दिन कारोबार भयो ।

यस्तै गत आर्थिक बर्षको भदौमा १८ दिन र साउनमा २२ दिन कारोबार भएको नेप्सेले जानकारी दिएको छ । यो आर्थिक बर्ष लागेपछि मेगाको सेयर कारोबार भएको छैन ।

बैंक संचालक समितिमा सर्बसाधारण सेयरधनीको तर्फबाट कम प्रतिनिधित्व हुने ब्यवस्थाको कारण सर्बसाधारण लगानीकर्ताले मार खेप्नु परेको मेगा बैंकका संचालक दिपेन्द्र अग्रवाल वताउँछन् ।

‘मर्जरको एमओयु हुने वित्तिकै सेयर कारोबार बन्द गर्ने परिपाटी छ, बीचमा गएर मर्जर भाडिदा सर्बसाधारण लगानीकर्ता समस्यामा पर्ने गरेका छन्, यसको समाधान भनकै सर्बसाधारण सेयरधनीको तर्फबाट सम्बन्धित कम्पनीको संचालक समितिमा बलियो उपस्थिति आवश्यक देखिन्छ,’ अग्रवालले भने ।


क्लिकमान्डु