जापान र कोरिया पठाइदिन्छु भनी ठगी गर्ने साह पक्राउ



ललितपुर । विदेश पठाई दिन्छु भनी विभिन्न व्यक्तिबाट ठगी गर्ने सञ्जीवकुमार प्रसाद साहलाई आज प्रहरीले ग्वार्कोवाट पक्राउ गरेको छ ।

सर्लाही स्थायी घर भएका साहले जापान र कोरिया पठाइदिने प्रलोभनमा नखिपोट बस्ने भीमकुमार माबोबाट दुई लाख, हरिसिद्धी बस्ने सुरेन्द्र नेम्वाङबाट दुई लाख ५६ हजार, काठमाडौँ बौद्ध बस्ने धनलक्ष्मी थापाबाट दुई लाख ५६ हजार र लालबहादुर लिम्बूबाट बीस हजार रुपैयाँ ठगी गरेको पाइएको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता नरेन्द्र चन्दले बताए ।

कृषि कार्यालय खुमलटारको प्रमुख भएको नाटक गरेर निजबाट ठगी गरेको पाइएको प्रवक्ता चन्दले जानकारी दिए । ग्वार्कोस्थित सत्य गेष्ट हाउसको कोठाबाट ठगी गर्ने साहलाई दुई लाख सात हजार रुपैयाँसहित पक्राउ गरिएको पनि उनले जानकारी दिए ।

साहलाई आवश्यक अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक चन्दले बताए । रासस


क्लिकमान्डु