साढे ६ अंकले घट्यो नेप्से, ३९ करोडको कारोबार




काठमाडौं । नेपाल स्टक एक्सेन्ज (नेप्से) परिसुचक ६.५६ अंकले घटेको छ । नेप्से १४६९.१६ अंकमा अडेको छ ।

आज १ सय ६० कम्पनीका ११ लाख ४६ हजार कित्ता सेयर खरिद बिक्री भएको छ । ३९ करोड ३८ लाख १७ हजार रुपैयाँको कारोबार भएको छ ।

सोमबार अन्य समूह २.८९ अंकले बढेको छ ।

बैंकिङ समूह ७, ट्रेडिङ समूह ११.५७, होटल समूह २०.८७, विकास बैंक समूह ५.२७, जलविद्युत समूह १३.७७, वित्तिय समूह ४.२३, बीमा समूह २९.२५ र माइक्रोफाइनान्स १०.७६ अंकले घटेका छन् ।

आज सबैभन्दा धेरै कारोबार गर्नेमा एभरेष्ट बैंक छ । बैंकको २ करोड ६७ लाख रुपैयाँ बराबराको सेयर खरिद बिक्री भएको छ । काराबार बन्द हुँदा बैंकको सेयर मुल्य १ हजार १ सय ४५ रुपैयाँ कायम छ ।

ग्रिनडेभलपमेन्ट बैंकका लगानीकर्ताले ९.९६ प्रतिशतले कमाएका छन् । यस्तै, अरुण फाइनान्सका लगानीकर्ताले ७.२८ प्रतिशतले कमाएका छन् ।

नेपाल हाइड्रो डेभलपर लिमिटेडका लगानीकर्ताले ८.९९ प्रतिशतले गुमाएका छन् ।


पुष्प दुलाल