मर्चेन्ट बैंकरले माउ कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम गर्न नपाउने



काठमाडौं । मर्चेन्ट बैंकरहरुले अब आफ्नो माउ कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम गर्न नपाउने भएका छन् ।

नियामक नेपाल धितोपत्र बोर्डले आइतबार ३ बुँदे निर्देशन दिँदै मर्चेन्ट बैंकरलाई कडाई रहेको हो । यो व्यवस्था लागू भएसँगै मर्चेन्ट वैंकिङ्ग व्यवसायलाई स्वच्छ, स्वतन्त्र तथा पारदर्शी हुने बोर्डको विश्वास छ ।

बोर्डका अनुसार मर्चेन्ट वैंकरले आफु आधारभूत शेयरधनी रहेको कम्पनीको सेयरको निष्काशन तथा बिक्री प्रबन्धकको काम पनि गर्न पाउने छैनन् ।

‘आफु आधारभूत सेयरधनी रहेको तथा आफ्नो मुख्य कम्पनीको निष्काशन तथा विक्री प्रवन्धकले धितोपत्रको प्रत्याभूति गर्दा स्वार्थ बाझिन सक्ने’ भन्दै बोर्डले रोक लगाएको हो ।


पुष्प दुलाल