एमालेका उम्मेद्वारमाथि बाउन्स चेकको मुद्दा



रसुवा । नेकपा एमालेका तर्फबाट रसुवा जिल्लाका उम्मेद्वार जनार्दन ढकालमाथि बाउन्स हुने चेक दिई बैंकिङ कसूर गरेको मुद्दा परेको छ ।

सूर्यचन्द्र कन्स्ट्रक्सन कम्पनीका सञ्चालक समेत रहेका एमालेका पूर्वसांसद ढकालले ठगी गरेको तथ्य फेला परेको हो ।

२०७३ साल बैशाख दिइएको चेक अहिलेसम्म नसाटिएपछि ढकालविरुद्ध मुद्दा दायर गरिएको हो ।

आर बी ईट्टा उद्योगले ईटा सप्लाई गरेवापत पाउनुपर्ने रकम भुक्तानीका लागि दिएको चेक बाउन्स भएको भन्दै उद्योगका सञ्चालक गोबिन्द रावलले रुपन्देही जिल्ला अदालतमा अदालतमा मुद्दा दायर गरेका हुन् ।

‘बारम्बार सम्पर्क गर्दा आश्वासन दिने, पैसा तिर्ने कुनै अग्रसरता नदेखाउने र सम्पर्कबाटै टाढिएपछि बाध्य भएर मुद्दम दायर गरेको हुँ,’ राववले भने ।


पुष्प दुलाल