मालपोतका सुब्बालाई घुस लिँदालिँदै अख्तियारले समात्यो



काठमाडौं । सर्लाहीको हरिवन मालपोत कार्यालयमा कार्यरत नायब सुब्बा  ईश्वरीप्रसाद दहाललाई घुस लिँदालिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रंगेहात पक्राउ गरेको छ ।

जग्गा रजिष्ट्रेशन पास गरी जग्गाधनी दर्ता प्रमाण पूर्जा दिने क्रममा सेवाग्राहीसँग घुस रकम मागेको भन्ने उजुरीका आधारमा खटिएको अख्तियारको टोलीले दाहाललाई रंगेहात पक्राउ गरेको हो ।

अख्तियारको बर्दिवास कार्यालयबाट गएको टोलीले ५, हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ गर्न सफल भएको हो ।

दाहालले भ्रष्टचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिमको कसूर गरेको पुष्टि हुन आएको हुँदा निजलाई बिगो ५ हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम जरिवाना र कैद सजायको दावी गर्दै शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।


पुष्प दुलाल