दुलहीलाई गहना किन्नु छ ? यस्ता छन् नेक्लेसका नयाँ डिजाइन र मूल्य




काठमाडौं । मंसिर आयो । यो बिबाहको मौसम हो । बिबाह भन्ने वित्तिकै गहनाले झरझुट्ट भएकी दुलही सम्झिहाल्छौं हामी ।

पहिला पहिला छड्के तिलहरी र नौगेडी खोजिन्थ्यो बेहुलीलाई दिन । अहिले फेसन परिवर्तन भएको छ । बेहुलीलाई दिइने गहनामा अन्य गहनासँगै नेक्लेस पनि थपिएको छ ।

अहिले नेक्लेस भनेर मात्रै हुँदैन । यसको डिजाइन कस्तो हुने भन्ने पनि रोजाइमा पर्न थालेको छ । अहिले धेरैको रोजाइमा परेका नेक्लेसको डिजाइन र मूल्यबारे हामीले तपाइलाई केही सहयोग गर्ने जमर्काे गरेका छौं ।

पछिल्लो समय न्यूरोड तथा असनका सुन तथा चाँदी पसलहरु ग्राहकको घुइचोले भरिएको पाइन थालेको छ । सुन पसलमा सुनका गहनाहरु प्रतिदिन ६ वटासम्म अडर आउने गरेको लक्की ज्वेलर्सकी देवी पाण्डे बताउछिन् । प्रत्येक दिन कम्तिमा पनि १० तोलासम्मका सुनका गहनाहरु बनाउन अडर आउने र एक जनाले किन्दा ५ लाख बढीको गरगहना किन्ने पाण्डेले बताइन् ।

अहिले बजारमा रानीहार र मिनाकरीको नेक्लेसको बढी माग हुने गरेको सुन विक्रेताहरुको भनाइ छ ।

मिनाकरी गरीएको यो रानीहार २२ क्यारेटको हो । रानीहार मात्र किन्दा ४ लाख ३६ हजार ३ सय २८ रुपैयाँ पर्न जान्छ । यदी यसमा मिनाकरी गरिएकै नेक्लेस पनि लगाउन चाहनु हुन्छ भने नेक्लेसको मात्र मूल्य २ लाख ६० हजार ६ सय ४५ हुनेछ । यो नेक्लेस भारतबाट आएको हो । यो नेक्लेस सेट नै किन्न चाहानुहुन्छ भने यसको मूल्य करिब ६ लाख रुपैयाँ पर्ने ब्यापारीले बताए ।

यो चोकर नेक्लेस २४ क्यारेटको रहेको छ । यसको मूल्य ९० हजार ५ सय रुपैयाँ पर्ने गर्छ । यससँगै राखिएको रानीहार २२ क्यारेटको हो । यसको मूल्य १ लाख ७२ हजार ९ सय २४ रुपैयाँ पर्ने छ । यदी यो सेटनै खरिद गर्न चाहनुहुन्छ भने यसको मूल्य २ लाख ६३ हजार ४ सय २४ रुपैयाँ पर्ने साक्य ज्वेलर्सकी सृती प्रजापतीले बताइन् ।

मिनाकरी डिजाइनको यो नेक्लेस २२ क्यारेटको छ । यसको तौल ८ तोला ३५ छ । यसको मूल्य ५ लाख ६ हजार पर्ने आर बी डाइमण्ड ज्वेलरीका विक्रेता नविन महर्जनले बताए ।

यो नेपालको परम्परागत चन्द्राहार हो । ८ तोलाको १९ लालको यो हार २४ क्यारेटको छ । यसलाई खरिद गर्न चाहनुहुन्छ भने यसको मूल्य लगभग ५ लाख ८० हजार पर्ने महर्जनले बताए ।

तस्बिरमा देखाइएको रानीहार ५ तोलाको हो । २२ क्यारेटको यो रानीहार अहिलेको फेन्सी वेडिङ हार मानिने लकी ज्वेलर्सकी विक्रेता देवी पाण्डेले बताइन् । यसको मूल्य २ लाख ९९ हजार रहेको छ । ब्राइडरको लागि राखिएको चोकर नेक्लेस ४ तोला ८८ लालको रहेको छ । २२ क्यारेटको यो नेक्लेस २ लाख ४५ हजार रुपैयाँमा किन्न सकिने छ । यो नेक्लेसको सेटनै किन्न चाहानुहुन्छ भने यसको मूल्य करिब ५ लाख ४४ हजार रुपैयाँ छ ।

यो तस्बिरमा रहेको ब्राइडल चोकरी नेक्लेस ५ तोेला ३४ लालको छ । २२ क्यारेटको यो नेक्लेस २ लाख ७३ हजार रुपैयाँ पर्छ । नेक्लेसको तल रहेको चन्द्र हार ३ तोलाको छ । २२ क्यारेटको यो हार १ लाख ७९ हजार रुपैयाँ पर्नेछ । यो हारभन्दा तल रहेको चेन दुबइबाट आएको हो । लभगभ ५ तोलाको यो चेन २२ क्यारेटको छ । यो चेनको मूल्य २ लाख ८५ हजार ९ सय रुपैयाँ रहेको छ । यो पुरै सेट नै किन्न चाहनुहुन्छ भने तपाइ यसको मूल्य करिब ७ लाख ३७ हजार ९ सय रुपैयाँ पर्न जाने विक्रेता पाण्डे बताउछिन् ।


क्लिकमान्डु