सांग्रिला डेभलपमेन्ट बैंकले कर्मचारीलाई प्रशिक्षण दियो



काठमाडौं । काठमाडौंको बालुवाटारमा केन्द्रीय कार्यालय रहेको साँग्रिला डेभलपमेन्ट बैंकले बैंकका क्षेत्रीय तथा शाखा प्रमुुखहरुलाई एक दिने प्रशिक्षण दिएको छ ।

प्रशिक्षणमा बैंकको चालुु आर्थिक वर्ष २०७४/७५ को प्रथम त्रैमासिक प्रगति समिक्षासमेत गरेको थियो ।

बैंकका प्रमुुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद पौडेल तथा नायब प्रमुुख कार्यकारी अधिकृत दिनेश थकलीले बैंकको चालुु आर्थिक वर्षको प्रथम त्रैमासिक प्रगतिको समिक्षा गरेका थिए ।

त्यसैगरी, उनीहरुले बैंकको भावी योजना, कार्यक्रम तथा रणनीतिको बारेमा सम्पूूुर्ण क्षेत्रीय तथा शाखा प्रमुुखहरुलाई जानकारी तथा निर्देशन दिएका थिए ।

केएफए कार्यकारी अध्यक्ष रेश्ता झाले प्रशिक्षार्थीहरुलाई मार्केटिङ्ग तथा उत्प्रेरणा सम्बन्धी प्रशिक्षण दिनुु भएको थियो ।

उक्त प्रशिक्षण कार्यक्रममा बैंकका ३६ वटै शाखाका प्रमुुखहरु सहित बिभागीय प्रमुख गरि जम्मा ५१ जनाको सहभागिता रहेको बैंकका नायब प्रमुुख कार्यकारी अधिकृत थकलीले बताए ।


पुष्प दुलाल