राजस्व हिनामिना गरेको आरोपमा अख्तियारद्धारा २ जनालाई मुद्दा दायर



 

काठमाडौं । यातायात व्यवस्था कार्यालय, मेचीमा कार्यरत लेखा अधिकृत भगवान भट्टराईले आर्थिक वर्ष २०७३/७४ मा संकलन भएको राजश्व रकम हिनामिना गरेको उजुरीको अधारमा उनलाई पक्राउ गरि मुद्धा दायर गरेको छ ।

भट्टराईले आफ्नो कार्यकालमा उठाएको राजश्वमध्ये १ करोड १८ लाख ३७ हजार ७४७ रुपैयाँ हिनामिना गरेकाले भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ७ को देहाय (ग) बमोजिमको कसूर गरेको पुष्टी हुन आएको हुदा मुद्धा दायर गरेको हो ।

उक्त कार्यालयमा कार्यरत लेखा अधिकृत गणेशकुमार पोखरेलले आफ्नो कार्यकालमा उठाएको राजश्वमध्ये ९ लाख ९७ हजार ४४४ रुपैयाँ हिनामिना गरेको अख्तियारको दाबी छ ।

लेखा अधिकृत भगवान भट्टराईको हकमा बिगो १ करोड १८ लाख ३७ हजार ७४७ र कायम गरी जरिवाना र कैद सजाय हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप(पत्र दायर गरिएको छ ।


क्लिकमान्डु