चुनाव आउन १६ दिन बाँकी, अझै तोकिएन प्रदेशको अस्थायी राजधानी



काठमाडौं । प्रतिनिभिसभा र प्रदेशसभाको निर्वाचन आउन १६ दिनमात्रै बाँकी रहेको छ । तर, हालसम्म प्रदेशसभाको पहिलो बैठक कहाँ बोलाउने हो र अस्थायी राजधानी कहाँ बनाउने हो भन्ने बारेमा कुनै पनि निर्णय हुन सकेको छैन ।

प्रमुख राजनीतिक दलका सबै जसो नेता चुनाव प्रचारमा व्यवस्त भएका कारणले पनि अस्थायी रुपमा नै भएपनि प्रदेशको राजधानी तोक्ने विषयमा समेत निर्णय हुन सकेको छैन ।

यस्तै पदेशको मुख्य मन्त्रीलाई पद तथा गोपनियताको शपथ खुवाउने गर्भनर नियुक्तिको विषयमा समे कुनै पहल हुन सकेको छैन ।

सरकारले पनि यस बारेमा हालसम्म कुनै पनि निर्णय गर्न नसक्दा अन्यौलता बढ्दै गएको छ ।

देशमा पहिलो पटक प्रदेशसभा सदस्यहरु चुनिने दिन निकै नजिक आइसक्दा समेत प्रदेश प्रमुख र प्रदेशका अस्थायी राजधानीको टुंगो नलाग्दा प्रदेशका जरुरी काम प्रभावित हुनसक्ने आशंका बढेर गएको छ ।

सात वटै प्रदेशमा सरकारका प्रतिनिधिका रुपमा रहने प्रदेश प्रमुखलाई सरकारको सिफारिशमा राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक प्रावधान रहेको छ । तर प्रदेश प्रमुख संवैधानिक पद भएपनि राजनीतिक भागवन्डाका आधारमा तय गर्ने तयारी भइरहेको छ ।

मन्त्रीहरु चुनावी अभियानमा व्यस्त भएका कारण मन्त्रिपरिषद्को बैठक समेत बस्न सकेको छैन । सात प्रदेश प्रमुखको नियुक्ती, अस्थायी राजधानी बारेको निर्णय कहिले हुने हो, त्यसबारेमा सरकारले हालसम्म कुनै तयारी गरेको छैन ।

तर, केही दिन पहिलको मन्त्रिपरिषद्को बैठकमा यस बारेमा सामान्य छलफल भएको थियो । प्रमुख राजनीतिक दलका शीर्ष नेता बसेर सो विषयमा टुंगो लगाउने तयारी भइरहेको बताइन्छ ।

तर प्रदेशको अस्थायी राजधानी तोक्दा त्यसबाट पर्ने सकारात्मक र नकारात्मक प्रभावको विश्लेषण गरेर मात्रै निर्णय गर्ने तयारीमा सरकार रहेको छ ।

तर उनको भनाइमा प्रदेश प्रमुख नियुक्ति र अस्थायी राजधानी चयनका विषयमा केही दिनअघि मन्त्रीहरुबीच भएको समझदारी अनुसार स्थानीय तह पुनर्संरचना आयोगका पूर्वअध्यक्ष बालानन्द पौडेलले प्रदेश प्रमुखको नियुक्ति र कर्मचारी खटनपटनका विषयमा छिट्टै निर्णय हुनुपर्ने मा जोड दिए । उनले सो बारेमा शिघ्र निर्णय भए काम गर्न सजिलो हुने बताए ।


पुष्प दुलाल