अर्बपति चौधरी कांग्रेसको आर्थिक उपसमिति संयोजकमा मनोनित



काठमाडौं । फोर्ब्स म्यागेजिनले डलर अर्बपतिमा सूचिकरण गरेका एकमात्र नेपाली उद्योगी विनोद चौधरी नेपाली कांग्रेसको आर्थिक सम्मृद्धि र विकास समन्वय उपसमितिको संयोजकमा मनोनित भएका छन् ।

चुनाब प्रचार प्रसार समितिका संयोजकसमेत रहेका कांग्रेस केन्द्रिय सदस्य बालकृष्ण खाँडले चौधरीलाई बिहीबार उपसमितिको संयोजकमा मनोनित गरेका हुन् ।

कांग्रेसले आउँदो चुनावलाई लक्षित गरेर सो उपसमिति गठन गरेको हो ।

अर्बपति चौधरीलाई कांग्रेसले समानुपातिकतर्फको सांसदको उम्मेद्वार पनि बनाएको थियो । त्यसैगरी, उनलाई कांग्रेसको केन्द्रिय चुनाब प्रचार प्रसार समितिको सदस्य पनि बनाएको थियो ।

यसअघि एमालेका तर्फबाट सांसद बनेका चौधरी लोकतन्त्रमा मात्रै आर्थिक सम्मृद्धि र मुलुकको विकास हुने भन्दै केही साताअघि कांग्रेस प्रवेस गरेका थिए ।


पुष्प दुलाल