एनआइसी एशिया बैंकले एकैदिन ५ शाखा खोल्यो



काठमाडौं । एनआइसी एशिया बैंकले एकैदिन ५ वटा शाखा सञ्चालनमा ल्याएको छ । दोलखाको भिमेश्वर नगरपालिका, कैलालीको घोडाघोडी नगरपालिका, केराबारी गाउँपालिका, भगवानपुर गाउँपालिका, नरहा गाउँपालिकामा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

थपिएका नयाँ शाखासँगै बैंकका देशभर कूल १ सय ३५ शाखा भएका छन् । त्यस्तै बैंकले १ सय ४१ एटिएम काउन्टरबाट सेवा प्रदान गर्दै आएको छ ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना रहेको जनाएको छ ।


पुष्प दुलाल