ट्रायल पास गरेका २ लाखले पाएनन् स्मार्ट लाइसेन्स



काठमाडौं । सवारी चालक अनुमतिपत्रको परिक्षापास गरेका २ लाखले स्मार्ट लाइसेन्स पाउन नसक्दा चिट देखाएर सवारी चलाइरहेका छन् । विगत १ वर्षदेखि अभाव भएको स्मार्ट लाइसेन्स हालसम्म पनि पूर्ति नुहदाँ परिक्षा पास गरेका २ लाखले लाइसेन्स पाउन नसकेका हुन् ।

यातायत व्यवस्था विभागमा दैनिक ५ हजार लाइसेन्सको आवेदन आउने गरेको छ । तर विभागसँग भएको प्रिन्टरको क्षमता ८ सय मात्रै रहेको छ ।

विभागसँग माग अनुसार प्रिन्ट गरेर दिने स्मार्ट कार्ड समेत अभाव छ । सरकारले २०७२ को मंसिरदेखि बागमती अञ्चलबाट स्मार्टकार्ड लाइसेन्स वितरण सुरु गरेको थियो ।

गत साउनदेखि सरकारले देशभर स्मार्ट कार्ड कार्यन्वयनमा ल्याएको भए पनि स्मार्टकार्ड तथा प्रिन्टिङ मेसिनको अभावमा ट्रायल पास गरेको १ वर्षसम्म पनि लाइसेन्स पाउन सकेको छैनन् ।

हाल विभागले २ लाख स्मार्ट कार्ड दिनुपर्ने भएपनि विभागसंग ८३ हजार खाली स्मार्ट कार्डमात्र बाँकी छ । भारतको मद्रास सेक्युरिटीज प्रिन्टरले स्मार्ट कार्ड छाप्दै आएको छ ।

कम्पनीले सुरुको सम्झौताबाट १ लाख ५० हजार र पछि ल्याएको ५३ हजार कार्ड गत साउन अगावै सकिएको हो ।

भदौमो भएको टेन्डरमा समेत मद्रासलेनै जितेकोले अव ४ वटा प्रिन्टर र ७ लाख कार्ड छापेर दिने भएको समस्या छिट्टै समाधान हुने विभागका प्रवक्ता टोकराज पान्डेले बताए ।


पुष्प दुलाल