बैंकले दैनिक डेढ अर्ब ऋण दिन थाले



काठमाडौं । लगानी योग्य पुँजी ९तरलता० अधिक भएपछि बैंकरुले आक्रमकरुपमा कर्जा विस्तार गर्न थालेका छन् । पछिल्लो २ हप्तामा बैंकहरुले २५ अर्ब रुपैयाँले कर्जा बढाएका छन् ।

तर, यो अवधिमा कर्जाको अनुपातमा निक्षेप भने कमले मात्रै बढेको छ । पछिल्लो दुई सातामा बैंकहरुले १६ अर्ब रुपैयाँ मात्रै निक्षेप बढाएका छन् ।

तरलता अधिक भएपछि बैंकहरु कर्जा विस्तारमा आक्रमक भएको नविल बैंकका प्रमुख कार्यकारी अधिकृत शशिन जोशीले बताए ।

‘चुक्ता पुँजी बढाएका बैंकहरुलाई पुँजीसँगै ब्यवसाय विस्तार गर्ने ठूलो चुनौति छ, त्यसैले तरलता बढी हुनेवित्तिकै बैंकहरुले आक्रमक कर्जा विस्तार गर्न थालेका हुन्,’ जोशीले क्लिकमाण्डूले भने ।

अहिले बैंकिङ प्रणालीमा करीब १ खर्ब रुपैयाँको हाराहारीमा अधिक तरलता छ । रेमिट्यान्सको वृद्धिदर नकरात्मक रहेकाले बैंकहरुमा निक्षेपको वृद्धदर पनि कम भएको हो ।

तर, विगतमा तरलता अभाव हुँदा बैंकमा आएका कर्जा प्रस्ताबका फाइल अघि बढाउन नसकेका बैंकहरुले अहिले धमाधम यस्ता फाइल अघि बढाइरहेको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बताए ।

राष्ट्र बैंकका अनुसार कात्तिक १४ गतेसम्ममा २० खर्ब ५४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १८ खर्ब १२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । त्यसको ठीक एक हप्ताअघि बैंकहरुको कूल निक्षेप २१ खर्ब ४९ अर्ब रुपैयाँ छ थियो भने १८ खर्ब ७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।


पुष्प दुलाल