डेढ अर्ब लगानीमा काठमाडौं महानगरले आफ्नै भवन बनाउने (डिजाइनसहित)



काठमाडौं । काठमाडौं महानगरपालिकाले बागदरबारस्थित हरिभवन पुनःनिर्माण गर्ने भएको छ । महानगरले मंगलबार पुनःनिर्माण गर्न लागेको हरिभवनको प्रस्तावित स्केच सार्वजनिक गरेको छ ।

महानगरले ऐतिहासिक मौलिकता तथा लिच्छविकालिन परम्परागत शैलीलाई कायम राख्दै नयाँ भवन बनाउन खोजेको हो । भवनको निर्माणमा १ अर्ब ५० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । २ लाख वर्गफुट क्षेत्र फलमा निर्माण हुने यो भवन ४२ महिनामा निर्माण सम्पन्न हुने महानगरले जनाएको छ ।

भवनको बाहिरी मोहडा ३ वटा मौलिकता झल्कने गरि डिजाइन गरिएको छ । भित्री डिजाइनहरु भने आ–आफ्नै मौलिकता झल्कने प्रकारका हुनेछन् । नयाँ बन्ने भवन ऐतिहासिक हरिभवनकै आकारमा ३ तल्लाको हुनेछ । ऐतिहासिक मौलिकता कायम गर्न खोजिएको र ब्लक भित्रि फिनिसिङ बागदरबारको पौराणिक शैलीमा हुनेछ ।

लिच्छवीकालिन परम्परागत शैलिको मोहडा डिजाइन गरि पूर्ण मल्लकालिन स्वरुपमा देखिन्छ । यो भबन साढे छ तलाको हुन्छ ।

आधुनिक शैलिमा निर्माण गर्न खोजिको मोहडाले महानगरपालिकाको पहिचान दिने टावर स्वरुप निर्माण गरिन्छ ।

१५ तलाको यो टावरको माथिल्लो तलाबाट काठमाडौं उपत्यकालगायत विभिन्न हिमशृंखला दुश्याबलोकन र विपद ब्यवस्थापनको उद्देश्यले बाइनाकुलर मार्फत् महानगरपालिका भित्र हुने घटनाक्रमहरु अबलोन गरि विपद न्यूनिकरण गरिनेछ । अन्य तलाहरु आईटी पार्क, अन्तराष्ट्रिय स्तरको कुटनैतिक बैठक सेमिनार तथा सभा सम्मेलन हलहरु निर्माण गरिने महानगरपालिकाले जनाएको छ ।

यस्तो हुनेछ, भबन भित्रको डिजाईन

यो भवनभित्र चार वटा परम्परागत मल्लकालिन शैलीको चोकहरु हुनेछन् । काठमाडौंमा लोप हुँदै गएको पुरातात्विक चोकहरुको पूर्ण स्वरूप झल्कने गरी डिजाइन गरिएका छ ।

यसका सम्पूर्ण प्यासेज, लबी, कोठाहरुमा उज्यालो छिर्ने गरी डिजाइन गरिएको छ । लाइब्रेरी, र्भयाङ, शौचालय, लिफ्ट, प्यासेज लगायत अधिकांश सेवाग्राहीलाई सहज हुनेगरि डिजाईन गरिएको महानगरपालिकाले जानकारी दिएको छ ।

भवनको चोक, लबी, प्यासेज, र्भयाङ तथा कौसीहरुमा स्वास्थ्यको दृस्टीकोणले चिसोपन कम हुने प्रकारको नेपाली ढुंगा वा तेलिया ईंटाको प्रयोग गरिने छ ।

भवनमा कार्यपालिका, न्यायपालिका, न्यायिक समिति, ईजलास, मेलमिलाप कक्षको लागि ब्यबस्थित हलहरुको डिजाइन गरिएको छ ।

मेयर,उपमेयर लगायत अन्य सबै विभागहरुको आधुनिक तथा प्रभावकारी कार्यकक्ष डिजाइन गरिएको छ ।

अपाङ्गता भएकाहरुका लागि युनिभर्सल डिजाईन, अन्डरग्रउण्ड पार्किङ, सुरक्ष प्रविधि, मुजियम, पार्टी पौवा, स्वास्थ्य सेवा सुविधालगयात आधुनिक प्रविधि र ऐतिहासिक पुरातत्विक महत्वका साथ नयाँ भवन निर्माण गर्न लागिएको महानगरपालिकाले जनाएको छ ।


पुष्प दुलाल