उपत्यकाका ११ नगरपालिकाको जग्गा करः कुनमा कति ?




काठमाडौं । काठमाडौं उपत्यका भित्रका नगरपालिकाहरुले आफ्नो क्षेत्राधिकार भित्र विभिन्न दर अनुसार सेवा शुल्क (कर) उठाउने गरेका छन् ।

नगरपालिकाहरुले बार्षिक बजेटको ठूलो हिस्सा कर रकमबाट प्राप्त गर्ने लक्ष्य राखेका हुन्छन् । बजेटको आकार ठूलो भएको नगरपालिकामा करको दर केही महँगो हुने गरेको छ ।

जमिनको उत्पादनशितलता तथा मुल्यका आधारमा दर कायम गरिएको हुन्छ । उपत्यकाका केही नगरपालिकाहरुले जग्गाको वर्गीकरण गरेर मालपोतको दर निर्धारण गर्ने समेत गरेका छन् ।

बुढानिलकण्ठ नगरपालिकाले सबैभन्दा न्युन मालपोत शुल्क न्यूनतम २५ रुपैयाँ तोकेको छ भने किर्तिपूर नगरपालिकाले प्रतिरोपनी ९५ रुपैयाँ लिने गरेको छ । गोदावरी नगरपालिकाको मालपोत दर सबैभन्दा धेरै १ हजार रुपैयाँ प्रतिरोपनी छ ।

काठमाडौं महानगरपालिकाले जग्गाको वर्ग अनुसार मालपोत दर कायम गरेको छ । क वर्गको जग्गाको कर प्रतिरोपनी २ सय ६० रुपैयाँ, ख वर्गको २ सय १० रुपैयाँ, ग वर्गको १ सय ६० रुपैयाँ, घ वर्ग १ सय ३० रुपैयाँ, ङ वर्ग १ सय रुपैयाँ, च वर्ग ८० रुपैयाँ र वर्ग नखुलेकाका हकमा १ सय ३० रुपैयाँ प्रतिरोपनी महानगरपालिकाले मालपोत कर लिने गरेको छ ।

भक्तपुर नगरपालिकाले जग्गाको वर्गीकरण अनुसार भूमिकर निर्धारण गरेको छ । क वर्गको जग्गाको कर प्रतिरोपनी ४ सय ४० रुपैयाँ, ख वर्ग ३ सय ७५ रुपैयाँ, ग वर्ग ३ सय १५ रुपैयाँ, घ वर्ग २ सय ५० रुपैयाँ, ङ वर्ग १ सय ९० रुपैयाँ, च वर्ग १ सय २५ रुपैयाँ र वर्ग नखुलेका हकमा २ सय रुपैयाँ प्रतिरोपनी निर्धारण गरेको छ ।
बुढानिलकण्ठ नगरपालिकाले मालपोत शीर्षकमा न्युनतम २५ रुपैयाँदेखि प्रतिरोपनी १ सय रुपैयाँ शुल्क निधारण गरेको छ । खेतीयोग्य जमिन बाँझो राख्नेका लागि ५ सय रुपैयाँ र बक्यौता राख्नेलाई १० प्रतिशत जरिवान गरिने नगरपालिकाले जनाएको छ ।

चन्द्रगिरी नगरपालिकाले मालपोत कर न्युनत ५० रुपैयाँ र प्रतिरोपनी १ सय ५० रुपैयाँ लिने ब्यवस्था गरेको छ ।

दक्षिणकाली नगरपालिकाले मालपोत कर ७५ रुपैयाँ न्यनतम र प्रतिरोपनीको तोकेको छ । जग्गा बाँजो राख्नेका लागि प्रतिरोपनी ५ सय रुपैयाँ दर तोकेको छ ।

गोदावरी नगरपालिका मालपोत कर ५ आनासम्म ५ सय रुपैयाँ, १० आनासम्म ६ सय रुपैयाँ, १५ आनासम्म ७ सय रुपैयाँ, १ रोपनीसम्म १ हजार रुपैयाँ र १ रोपनीभन्दा बढी जग्गा भएमा प्रतिआना ३० रुपैयाँ दरले थप हुनेछ ।

कागेश्वरी मनहरा नगरपालिकाले मलपोत तथा भूमिकर शीर्षकमा प्रतिआना वडा नम्बर १ र २ को पाखो बारी २० रुपैयाँ, धान खेत–बारी ७ रुपैयाँ, आवासीय ७ रुपैयाँ र व्यवसायीक ७ रुपैयाँ ५० पैसा निधारण गरेको छ ।

किर्तिपुर नगरपालिकाले प्रतिरोपनी ९५ रुपैयाँ मालपोत कर लिने गरेको छ ।

ललितपुर महानगरपालिकामा जग्गाको वर्गीकरण अनुसार मालपोत कर कायमा गरिएको छ । क वर्गको जग्गाको प्रतिरोपनी २ सय ८८ रुपैयाँ, ख वर्ग २ सय ३० रुपैयाँ, ग वर्ग १ सय ७३ रुपैयाँ, घ वर्ग १ सय ३८ रुपैयाँ, ङ वर्ग १ सय ४ रुपैयाँ र वर्ग नखुलेका हकमा १ सय ८० रुपैयाँ प्रतिरोपनी मालपोत कर निर्धारण गरिएको छ ।

मध्यपुरठिमी नगरपालिकाले प्रतिरोपनी १ सय रुपैयाँ तोकेको छ । प्रतिवर्ग मिटर २० पैसा लिने नगरपालिकाको आर्थिक ऐनमा उल्लेख छ ।

टोखा नगरपालिकाकाले प्रतिरोपनी १ सय रुपैयाँ मालपोत कर लिने गरेको छ । चन्द्रगिरी नगरपालिकाले मालपोत कर न्युनत ५० रुपैयाँ र प्रति रोपनी १ सय ५० रुपैयाँ तोकेको छ ।

कुन नगरपालिकामा कति तिर्नुपर्छ ?
–काठमाडौं महानगरपालिकाः प्रतिरोपनी अधिकतम २ सय ६० र न्युनतम ८० रुपैयाँ ।

–भक्तपुर नगरपालिकाः प्रतिरोपनी अधिकतम ४ सय ४० र न्युनतम १ सय २५ रुपैयाँ ।

–बुढानिलकण्ठ नगरपालिकाः प्रतिरोपनी अधिकतम १ सय र न्युनतम २५ रुपैयाँ ।

–चन्द्रगिरी नगरपालिकाः प्रतिरोपनी अधिकतम १ सय ५० र न्युनतम ५० रुपैयाँ ।

–दक्षिणकाली नगरपालिकाः प्रतिरोपनी न्युनतम ७५ रुपैयाँ छ ।

–गोदावरी नगरपालिकाः प्रतिरोपनी अधिकतम १ हजार रुपैयाँ र न्युनतम ५ आनासम्म ५ सय रुपैयाँ ।
–कागेश्वरी मनहरा नगरपालिकाः अधिकतम प्रतिआना २० रुपैयाँ र न्युनतम प्रतिआना ७ रुपैयाँ छ ।

–किर्तिपुर नगरपालिकाः न्युनतम प्रतिरोपनी ९५ रुपैयाँ ।

–ललितपुर महानगरपालिकाः अधिकतम प्रतिरोपनी २ सय ८८ रुपैयाँ र न्युनतम प्रतिरोपनी १ सय ४ रुपैयाँ ।

–मध्यपुर ठिमी नगरपालिकाः अधिकतम प्रतिरोपनी १ सय रुपैयाँ र न्युनतम प्रतिवर्ग मिटर २० पैसा ।

–टोखा नगरपालिकाः न्युनतम प्रतिरोपनी १ सय रुपैयाँ ।


क्लिकमान्डु