बुधबारदेखि प्रभुको नयाँ अमेरिकन हेलिकप्टरको परिक्षण उडान

0
Shares

काठमाडौं । प्रभु समुहले ल्याएको नयाँ हेलिकप्टरको परिक्षण उडान बुधबारदेखि हुने भएको छ । नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) ले बुधबार प्रभुको नयाँ हेलिकप्टरको परीक्षण उडान गर्न लागेको हो ।

‘१२ करोड रुपैयाँमा किनिएको प्रभुको नयाँ अमेरिकन हेलिकप्टर रोबिन्सन आर ६६ को क्यानले बुधबार परिक्षण उडान शुरु गर्नेछ,’ प्रभु हेलिकप्टरका प्रमुख कार्यकारी अधिकृत बिनोद थकालीले क्लिकमाण्डूसँग भने ‘हेलिकप्टरका सबै पाटपुर्जाहरुको जडान गरी टेस्ट फ्लाइटका लागि तयारी अवस्थामा राखिएको छ ।’

परिक्षण उडान सफल भएपछि क्यानबाट उडान अनुमति लिएर व्यावसायीक उडान गरिने थकालीले बताए ।

दुई वर्षअघि प्रभु समुहले तत्कालीन मुक्तिनाथ एयर किनेको थियो । हाल प्रभुले २ वटा हेलिकप्टरबाट सेवा प्रदान गर्दै आइरहेको छ । नयाँ थप्दा ३ वटा पुग्नेछ ।

समुहले अर्को एउटा अमेरिकन हेलिकप्टर ल्याउने तयारी गरिरहेको समेत उनले बताए । नयाँ थपिएको रोबिन्स आर ६६ हेलिकप्टरमा पाइलट सहित ५ सीट क्षमता रहेको छ । माउन्टेन फ्लाइट, रेस्क्यू, फिल्म सुटिङलगायतका सेवा प्रदान गरिने थकालीले बताए ।

Skip This