काँग्रेस नेता भन्छन्-‘कम्युनिष्टहरु जग विना छानो हाल्छन्’




काठमाडौं । होटल संघ नेपालले सोमबार ‘दिगो अर्थतन्त्रको आधार पर्यटन उद्योगको विकास’ भन्ने अन्र्तक्रिया कार्यक्रममा तीन ठूला पार्टीका प्रतिनिधि बोलाइएको थियो ।

कार्यक्रममा पर्यटन क्षेत्रका व्यवसायी र काँग्रेस, एमाले र माओवादी केन्द्रका प्रतिनिधीलाई निम्ताइएको थियो । कार्यक्रमको सुरुमै विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङको नाम जोडिएपछि सहभागी नेताहरुले कार्यक्रमको विषयनै अन्यत्र मोडेका थिए ।

कार्यक्रमको सुरुमै बोलेका माओवादी केन्द्रका नेता लिलामणी पोखरेलले काँग्रेस नेता प्रकाश शरण महत तर्फ फर्केर कुलमानको नाम जोड्दै हामीले लोडसेडिङ हटाएको बताए ।

‘माओवादीले कुशल व्यवस्थापक कुलमान ल्याएपछि लोडसेडिङ हट्यो तर महत जि उर्जा मन्त्री हुदाँ विजुली कहाँ गएको थियो’ पोखरेलले भने । पोखरेलले तत्कालिन उर्जा मन्त्री महत तर्फ केन्द्रित भएर ‘तपाईको पालामा विद्युत प्राधिकरणको व्यवस्थापनमा रहेका कर्मचारीले विद्युत चोरेर लगेका रहेछन्, तर तपाई कहाँ जानु भएको थियो तपाईले जवाफ दिनुपर्दछ’ ।

कुलमान राम्रो भएकोलेनै आफुले चिलिमेमा नेर्तृत्व दिएको बताए । ‘तर पछि राधा ज्ञावालीले हटाउनु भयो त्यसपछि आयोजनानै लम्बिएको हो,’ महतले भने ।

त्यस लगत्यै काँग्रेस नेता तथा काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका प्रकाश शरण महतलाई बोल्नको लागि ड्यासमा निम्ताइयो । महतले नेपालका कम्युनिष्टहरु पहिले छानो बनाएर जग हाल्न थाल्ने भएकोले नेपाल सोचे जस्तो अगाडी बढ्न नसकेको बताए ।

‘नेपालका कम्युनिष्टहरु सामान उत्पादन गर्न भन्दा पनि पहिले प्रचार गर्न महिर छन्’ महतले भने । अहिले वाम गठबन्धनको नाममा सत्ता कव्जा गरेर देशलाई अनिष्चयमा लैजाने योजनाका साथ अगाडी बढेकोले उद्योगी व्यवसायीहरुले सोच्ने बेला आएको बताए ।

‘अव उहाँहरुले भनेको मात्रै ठिक हुन्छ, उहाँहरुले भनेको मात्रै तपाईहरुले गरिदिनु पर्ने व्यवस्था ल्याउन लागि पर्नु भएको छ’ महतले भने । १५ वर्षमा एकदलीय साम्यवाद ल्याएर नेपालमा कम्युनिष्ट शासन ल्याउने उद्घोष गरेकोले अव सवैले यो चुनावमा सोच्ने बेला आएको बताए ।

उनले कुलमानको प्रसंग कोट्याउँदै कुलमान राम्रो भएकोलेनै आफुले चिलिमेमा नेर्तृत्व दिएको बताए । ‘तर पछि राधा ज्ञावालीले हटाउनु भयो त्यसपछि आयोजनानै लम्बिएको हो,’ महतले भने । आफुले नेपालको विद्युत् उत्पादनमा जग हाल्ने काम गरेको दावी गर्दै भने ‘मैले ठुलो विरोधकाबीच माथिल्लो तामाकोशी स्वदेशी लगानीमा निर्माण सुरु गरेकोले अव अन्य ठूला आयोजना निर्माणको कुरा आउन थालेको बताए ।’

‘आफ्नो पालाम प्रशारण लाइन निर्माणको काम सुरु नगरेको भए अहिले भारत बाट विजुली आउने थिएन र लोडसेडिङ पनि अन्त्य हुने थिएन’ महतले भने । काँग्रेसले २०४६ सालमा लिएको नीतिलेनै आज मुलुकको अर्थतन्त्रको दायर बढेको दावी महतले गरे ।

‘विगतमा एउटा पासपोर्ट पाउन नसक्ने नेपालीले अहिले स्वदेश विदेश घुमेर लगानी गर्न पाएका छन्, यसको अवसर काँग्रेसले दिएको हो,’ महतले भने । वाम गठबन्धन चुनाव जितेर खुल्ला अर्थतन्त्रलाई बन्द गर्ने शासन व्यवस्था ल्याउन आतूर हुनुहुन्छ, तर यो योजना काँग्रेसले सफल हुन नदिने महतले घोषणा गरे ।

नेताहरुको जुहारीका कारण राजनीतिक दललाई पर्यटन विकासमा लाग्ने प्रष्ट खाका घोषणा पत्रमा ल्याउन सुझाव दिने उद्देश्यले आयोजना गरिएको कार्यक्रम अन्यत्रै मोडिएको थियो ।


क्लिकमान्डु